देशमा अब सुशासन कायम हुने छ : मन्त्री ज्वाला

सल्यानलाइ शैक्षिक हबको रुपमा बिकास गरिनेछ

सल्यान : सारदा माध्यमिक बिध्यालयको ६९ औ बार्सिक उत्सब तथा अभिभाबक भेलालाइ सम्बोधन गर्दै मन्त्री ज्वालाले अब देशमा भ्रस्टाचार गर्ने कसैले पनि छुट नपाउने बताउनु भएको छ । कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले विभिन्न क्षेत्रमा मौलाउदो भ्रस्टाचार र बेथितिलाइ रोक्नका लागि यो सरकार हरसम्भब रहेको बताउनु भएको छ । पछिल्लो समय सवारी लाइसेन्समा भएको अनियमितता छनबिन गर्न र यस्ता कार्यमा सम्लग्न सबैलाइ कार्बाहिको दाएरामा ल्याइ कारबाही गर्न आफ्नो मन्त्रालय र सरकार दृढताका साथ लाग्ने बताउनु भयो ।
यस्तै मन्त्री ज्वालाले सल्यान जिल्लालाइ शैक्षिक हबको रुपमा बिकाश गर्नका लागि आफू र जिल्लाबाट निर्बाचित जनप्रतिनिधिहरु एक ठाउमा रहेको समेत बताउनु भएको छ । जिल्लालाइ शैक्षिक हब र यसका पुर्बाधार निर्माणका विषयमा आफू र आफ्नो मन्त्रालय सहयोग गर्न तत्पर रहेको समेत बताउनु भयो । यस्तै उहाले शैक्षिक क्षेत्र बाट मात्र देशलाइ चाहिने अनुशासित र दक्ष जनशक्ती उत्पादन गर्न सकिने कुरालाइ मध्यनजर गर्दै शिक्षकहरुले सो अनुसार अद्यापन गराउन पनि आग्रह गर्नु भएको थियो । शिक्षकले मात्र सभ्य समाज निर्माण गर्ने जनशक्ती उत्पादन गर्न सक्ने कुरालाई जोड दिदै गुरु भनेको समाजको अगुवाको रुपमा रहेको समेत बताउनु भएको थियो ।
यस्तै कार्यक्रममा बोल्दै बिध्यलयका प्र अ जितबहादुर भण्डारीले बिध्यलयले पछिल्लो समय छत्रेश्वोरि  गाउपालिकाको उत्कृष्ट बिद्यालय रहेको र जिल्लामा पनि उत्कृष्ट हुने दौडमा रहेको बताउनु भएको छ । उहाले भर्खर मात्र सम्पन्न रास्ट्रपति रनिङ शिल्डमा प्रथम भएको हुदा बिध्यालयको छाप जिल्ला मा राम्रो भएको समेत बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button