कैलालीमा शिक्षिकाहरु स्कुल भित्रै कुटाकुट

कैलालीमा दुई जना शिक्षिकाबीच विद्यालयमै कुटाकुट भएको छ । मोहन्याल गाउँपालिका-७ कुहिनेको अरनीको आधारभूत विद्यालयमा प्रावि स्थायी दरबन्दी भएकी शिशिका देवकी जोशी र वालविकास शिक्षिका रिता विष्टबीच कुटाकुट भएको हो ।

दुवै शिक्षिकाबीच माघ २६ गते शुक्रबार विद्यालय समयमा कुटाकुट भएको विद्यालयका प्राधानाध्यापक लोकराज धमलाले बताए । शिक्षिका देवकीले विष्टले औला काटेको आरोप लगाकी छिन् भने आफूलाई असुरक्षा भएको भन्दै प्रअलाई जानकारी गराई धनगढी घरमै बसेको बताएकी छिन् ।

विद्यालय व्यवस्थापन समितिले दुबै पक्षलाई छलफल गराई विवाद मिलाउन माघ २९ गते बैठक राखेको थियो । समितिकी अध्यक्ष हस्तनाकुमारी माझीका अनुसार बैठकमा दुवैपक्ष उपस्थि नभएपछि बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button