नेपालकै उत्कृष्ट १० उधमी भित्र पर्न सफल झलक कुमारी

सर्जन कुमार शाही
मुगु फाल्गुन ३ गते
चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन मुल आयोजक समितिले देशभरबाट उत्कृष्ट १० जना साना तथा घरेलु उधमीहरु छनौट गरेको छ ।
छनौटमा मुगु स्थित छायानाथ बचत तथा रिण सहकारी सस्था लिमिटेड कि सदस्य झलक कुमारी रावल भाम पनि उत्कृष्ट १० उधमी भित्र पर्न सफल हुनु भएको छ ।
आयोजकले देशभर रहेका वित्तिय तथा सहकारी संघ सस्थाहरुबाट कर्जा लिएर साना तथा घरेलु उधम गरि नमुना व्यवसाय संचालन गरि उधमी बनेका सदस्यहरुबाट बार्षिक रुपमा छनौट गर्दै उत्कृष्ट उधमी घोषणा गर्दै आएको छ ।
उत्कृष्ट १० साना तथा घरेलु उधमिमा पर्न सफल सदस्यहरुमा स्वावलम्वन वित्तिय सस्था अर्जुनधारा ११ झापाका पवित्रा क्षेत्री,छायानाथ बचत तथा रिण सहकारी सस्था छायानाथ रारा २ मुगुका झलक देवि रावल भाम,जनउत्थान सामुदायिक लघुवित्त विकास बैक लि,वाणगङा ७ का निला विष्ट, जीवन विकास लघुवित्त वित्तिय सस्था,लि जहदा ४ मोरङ्गका किरण देवि कोइरि,वातावरण सुधार वहुउदेश्य सहकारि सस्था विरेन्द्रनगर १ सुर्खेतका लक्ष्मी सुनार,फरवार्ड माइक्रोफाइनान्स वित्तिय सस्था,भोकरहवा ४ सुनसरीका बबिता कुमारी उवाव,किसान लघुवित्त वित्तिय सस्था घोडाघोडी १ जवलपुरका मिना चौधरी,युनिक नेपाल लघुवित्त वित्तिय सस्था, बैजनाथ ३ बाकेका राजरानी थारु,चमेली बचत तथा रिण सहकारी सस्था, ब्रहमपुरी ७ सर्लाहीका रिता देवि महतो र कालिका लघुवित्त वित्तिय सस्था, पोखरा २४ लौरुक कास्किका रेनुका सार्की रहेको आयोजक स्वावलम्वन विकास केन्द्र लघुवित्त सदस्य सम्मेलन मुल आयोजक समितिका सदस्य सचिव वेचन गिरिले जानकारि गराउनु भयो ।
मुगुबाट छनौट भएकी झलक तरकारी व्यवसाय गर्दै आउनु भएको छ । छायानथ सहकारीले सदस्य रहेर कृषि कर्जा लिइ उदेश्य अनुसारको व्यवसाय शुरु गरेर जिल्ला मै सफल उधमीका रुपमा परिचित हुनुहुन्छ ।
उहाँ भन्नुहुन्छ वित्तिय सस्थामा जम्मा गरेको पैसा पनि कोहि सदस्यले नखाइ नलाइ जम्मा गरेको पैसा हो । हामिले कर्जा लिएपछी जुन उदेश्यका लागि लिएको हो त्यसैमा खर्छ गर्ने पर्छ फजुल,विलासिता भन्दा आम्दानी हुने पेशामा लगानी गर्नु पर्छ र लगनधिल पनि हुनु पर्छ ।
देशभरका उत्कृष्ट १० साना तथा घरेलु उधमी भित्र पर्न सफल भएकोमा आफुलाइ खुशी लागेको बताउदै झलकले भन्नुभयो । मेरो मेहनत,लगनशिलता र रिण सदुपयोगिताको उपजले आफू उत्कृष्ट १० भित्र पर्न सफल भएकी हु ।
उत्कृष्ट १० भित्र पर्न सफल सबै उधमीहरुलाइ यहि ५ र ६ गते काठमाडौमा हुने चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा सम्मान सहित पुरस्कृत गरिनेछ ।
जिल्लामा ३ सय बढी विभिन्न उदेश्यका सहकारी तथा लघु वित्त संघ सस्थाहरु रहेपनि सदस्यमुखी सेवा,अब्बल व्यवस्थापन,वित्तिय सदुपयोगिता,बचत,रिण लगानी तथा अशुली र वित्तिय साक्षरतामा छायानाथ सहकारी पृथक रुपमा चिनिदै आएको छ ।
यो सहकारीका मुगु जिल्ला भरी १० हजार बढी सदस्यहरु रहेका छन ।