एनआईसी एसिया बैंकको खराब कर्जा बढ्यो, ऋण असुली न्यायाधीकरणमा मुद्दाको चाङ

काठमाडौं- एनआईसी एसिया बैंकको खराब कर्जा (एनपीएल) को ग्राफ उकालो लागेको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खराब कर्जाको दर (एनपीएल) ९५ प्रतिशतमाथिले बढ्न पुगेको तथ्या‌कले देखाएको छ ।

यो सगै बैकको ऋण असुली न्यायाधीकरणमा मुद्दाको चाङ लागेको छ ।  बैंकको खराब कर्जामा बृद्धी भएस‌गै असुलीका लागि मुद्दा हाल्नेक्रम पनि वढेको छ । यो अवधीमा आईसी एसिया बैंकले ऋण असुली न्यायाधिकरणमा ऋणीविरुद्ध ८३ वटा मुद्दा दर्ता गराएको छ । चालु आर्थिक वर्षको साउनय ता ८३ ऋणीबाट कूल ९९ करोड ८४ लाख ८१ हजार रुपैयाँ बराबरको बिगो असुल हुनुपर्ने दावी गरिएको छ ।

बैकले पटक पटक ऋण असुलीको ताकेता गरेर असफल भएपछि ऋण असुली न्यायाधीकरणमा जाने गरिन्छ । आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ९३ अर्ब बढी ऋण लगानी गरेको बैंकले ऋण उठाउन नसकेर ऋण असुली न्यायाधिकरणको सरणमा जानु आफैमा जोखिमपूर्ण अवस्था हो ।
बैंकसँग ३ अर्ब ४७ करोड ५० लाख रुपैयाँ माथिको नन् बैंकिङ्ग एसेटस् ९धितो० रहेको छ । पटकपटक लिलामीमा जाँदा समेत जिन्सी धितो लिलामी गर्न नसकेको बैंकले खराब कर्जाको व्यवस्थापनकै लागि चालु आर्थिक वर्षमा ५ अर्ब ६२ करोड ९० लाख रुपैयाँमाथि लोन लस्ट प्रोभिजन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जाको दर ०.६१ प्रतिशतबाट एकैपटक बढेर १.१९ प्रतिशत पुगेको थियो । वित्तीय रिपोर्ट अनुसार पुस मसान्तसम्म बैंकले ३ खर्ब ८१ अर्ब निक्षेप संकलन गर्दै २ खर्ब ९३ अर्ब कर्जा प्रवाह गरेको देखिन्छ । तर सोमध्ये ३ अर्ब ४८ करोड रुपैयाँमाथिको लगानी खराब कर्जामा रूपान्तरण भएको छ । यही कारण बैंकको खुद नाफासँगै यता वितरणयोग्य नाफा समेत प्रभावित भएको छ ।

अघिल्लो वर्ष पुस मसान्तमा ३ अर्ब २७ करोड ३३ लाख खुद नाफा आर्जन गरेको बैंकले यो वर्ष कमजोर पर्फमेन्स प्रदर्शन गर्दै ४१.८४ प्रतिशतले नाफा गुमाउँदै जम्मा १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ मात्र कमाएको हो ।

खुद ब्याज आम्दानी, सञ्चालन मुनाफासँगै अन्य सबै जसो आम्दनीका स्रोतहरु गुमेको बैंकको प्रतिसेयर आम्दानी ९ईपीएस० समेत नराम्रोसँग खुम्चिन पुगेको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी १०.१३ प्रतिशतले घटेकोमा सञ्चालन मुनाफा २४.१३ प्रतिशतले घटेको छ । बैंकको प्रतिसेयर आम्दानी ५४.९२ प्रतिशतले घट्न पुगेको छ ।

बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपैयाँले ऋणात्मक बन्न पुगेको छ । यसले आगामी वर्ष बैंकले वितरण गर्ने मुनाफा प्रभावित बन्ने निश्चित छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button