राँझामा अर्गानिक तरकारी विक्रि केन्द्र सञ्चालनमा ल्याईयो

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडानं। २० राँझामा बाँकेका किसानद्वारा उत्पादित प्रांगारिक तरकारी संकलन तथा बिक्रि केन्द्रको उद्घाटन गरि सञ्चालनमा ल्याईएको छ । स्थानीय किसानले उत्पादन गरेको प्रांगारिक तरकारी विक्रिकेन्द्र नहुँदा उत्पादन खेरगएको गुनासो आई रहेको अवस्थामा सो विक्रि केन्द्र सञ्चालनमा आएपछि तरकारी उत्पादक किसानमा खुशी छाएको छ ।

एमडिएम फ्रान्स तथा भेरी वातावरणिय विशिष्ठता समूह बि–ग्रूपको साझेदारीमा सञ्चालनमा रहेको पेशागत तथा बाताबरणिय स्वास्थ्य सहयोग परियोजनाको सहयोगमा निर्माण भएको सो केन्द्रको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिका वडानं। २० का वडा अध्यक्ष कौशल कुमार धोवीले गरेका हुन ।

नेपालगञ्ज उपमहानगरपालिका वडानं। २० को राँझामा वडापालिका, एमडिएम फ्रान्स तथा भेरी बाताबरणिय विशिष्ठता समूह बि–ग्रूप र साथी स्वावलम्बन कृषक बहुउद्देश्यिय सहकारी संस्थाको साझेदारीमा सञ्चालनमा रहेको पेशागत तथा बाताबरणिय स्वास्थ्य सहयोग परियोजनाको सहयोगमा बाँकेका किसानद्वारा उत्पादित प्रांगारिक तरकारी संकलन तथा बिक्रि केन्द्रको उद्घाटन गर्दै वडा अध्यक्ष धोबिले नगरका किसानले प्रँंगारिक तरिकाले उत्पादन गरेको तरकारी संकलन र विक्रिका लागि स्थान अभाव भएको गुनासो आएपछि वडाले बिक्रि केन्द्र स्थापनाको लागि स्थान उपलब्ध गराएको बताए ।

पेशागत तथा बाताबरणिय स्वास्थ्य सहयोग परियोजना सञ्चालन गरि रहेको संस्था बिग्रपका अध्यक्ष टेकबहादुर पुनले परियोजनाको लक्ष पुरा गर्नको लागि प्रागारिक तरकारी बिक्रि केन्द्र निर्माण गरी सञ्चालनमा ल्याउन सहयोग गरिएको बताए । उनले परियोजना रहदा नरहदा आफुहरु साथमै रहने बताए ।

परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले सो बिक्रि केन्द्र निर्माणको लागि परियोजनाले १५० जना किसानलाई प्रांगारिक खेतीमा संलग्न गराई उनीहरुको उत्पादनको बजारिकणको लागि यो केन्द्र निर्माण गरिएको बताए ।

परियोजनाले भण्डारण कक्ष समेत स्थापना गरि बिक्रि केन्द्र खोलेर सञ्चालनमा ल्याएपछि आफुहरु जस्ता किसानको उत्पादनले बजार पाउनेमा ढुक्क रहेको प्रांगारिक खेतीमा लागेका किसानको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button