दृष्टिबिहिन अनिताको गायिका बन्ने सपना

दृष्टिबिहिन अनिता भियालको गायिका बन्ने ठुलो सपना
सर्जन कुमार शाही – मुगु
मुगु खत्याड गाउँपालिका – २ भियाल बाडा स्थित बुवा जसिमल भियाल र आमा सौरा भियालको काेख बाट २०६३ मा तेस्रो सन्तानको रुपमा जन्मजातै दृष्टिबिहिन जन्मिएकि अनिता मिहिनेती र स्वरकी खुबै धनी छन् ।
उनी पढाईमा पनि अब्बल छन् हाल सुर्खेतको कृष्ण साधारण मा.वि. इत्राम मा कक्षा १० मा अध्ययनरत उनी, गाएनका साथै रेडियो आर्जे का समेत क्षमता उनमा छ ।
घरको आर्थिक अवस्था नाजुक हुनुका साथै दलित परिवार, कम्जोर परिस्थिति गाउँमा पनि अपांग छोरि जन्मायो भनेर बुवा आमालाई त्यस्तै कुरा समाजले गर्ने गरेकाे पीडा उनी पाेख्छिन् । कक्षा तिन सम्म मुगु चैन बालमन्दिर स्कुलमा पढेकि उनि पछि सुर्खेत मा आएको हो ।
पालिकाले सामाजिक सुरक्षा भत्ता महिनाको १ हजार सहयोग गरेको छ भने अपांग सामाजिक सुरक्षा भत्ता बापत १ हजार ५ सय राज्यले दिए पनि यो सहयोगले आफुलाई अत्यावश्यक आधारभूत कुराहरू किन्न समेत नपुगेको अनिता बताउछिन् ।
आफू गायिका बन्ने इच्छा भएको र घरको आर्थिक अवस्था नाजुक भएको कारण अगाडि बढन नसकेको ले कोहि मनकारी आमा , बुवा तथा दाजुभाइ दिदिबहिनीहरुले सहयोग गरे आफ्नो निरन्तर अध्ययन संगै गायनको क्षेत्रमा अगाडि बढने अनिताले बताएकि छन् ।