काम गर्दैनन् गमगढी काे सीसी टिभीले, न बनाउन चासो !

सर्जन कुमार शाही – मुगु
मुगु , छाँयानाथ रारा नगरपालिका -१,२ गमगढी बजारमा ९ लाख ९५ हजार लागतमा आर्थिक वर्ष ७६/७७ मा जडान गरिएका सीसी टिभी प्रयोग बिहिन भएका छन् ।
नगरपालिकाले १९ पिस सीसी टिभी जडान गरेकाेमा ६ वटा मात्र चल्दै गरेकाे र १३ वटा बिग्रेको अवस्थामा नगरपालिकाले सीसी टिभी कन्ट्रोलको जिम्मा जिल्ला प्रहरी कार्यलय मुगुलाई पुस ८ गते हस्तान्तरण गरेको थियो । तर अहिले एउटा पनि नचलेको र मर्मतको लागी नगरपालिका संग माग गरेपनि कुनै सुनुवाइ नभएको मुगुका प्रहरी नाएब उपरीक्षक बिरेन्द्र थापाले बताए ।
नगरपालिकाको ९ लाख ९५ हजार मात्र होइन सीसी टिभी जडान गर्दा लाखौं बजेटका सोलारमा पनि खर्चीएको छ । बजारमा हुने चोरी र जताततै फोहोर फाल्ने जस्ता काम कम गर्नालाई साे सीसी टिभी जडान भए तापनि यो बजार क्षेत्रमा सीसी टिभी देखाउनलाई मात्र भएकाे स्थानीयवासी मोबाइल पसल व्यवसायी उब्जन बिकले बताए ।