कालिकोटको सुनथराली बिमानस्थलमा परिक्षण उडान

कालीकोट : कालिकोटको सुनथराली विमानस्थलको उडान सफल भएको छ। आइतबार नेपालगञ्जबाट प्राविधिक टोलीसहित ९ जना यात्रु बोकेको तारा एयरको जहाजले विमानस्थलको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बोहोराले जानकारी दिए।

क्याप्टेन पिएस नगरकोटीले रन वे ३२ बाट अवतरण गराएका थिए भने रन वे १४ बाट उडान भरेका थिए । विमानस्थलको फागुन १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओैपचारिक रुपमा उद्घाटन गर्ने तयारी भइरहेको छ।

झन्डै ३८ वर्ष देखि निर्माण सुरु भएको सुनथराली विमानस्थल निर्माण कार्य २०७९ साल माघ ११ गते सम्पन्न भएको थियो । २०४२ सालदेखि तत्कालीन जिल्ला विकास समितिद्वारा एक लाख रुपैयाँ छुट्याएर निर्माण कार्य सुरु भएको बिमानस्थलको नियमितरुपमा आर्थिक वर्ष २०४८/०४९ बाट निर्माण कार्य सुरू भएको थियो ।

हवाई विभागबाट आर्थिक वर्ष २०७३/०७४ को पहिलो चरणको अर्ध रन वे सम्पन्न भइ २०७३ साल माघ २९ गते तारा एयर टुइनटर विमानबाट ‘टेस्ट फ्लाइट’ गरिएको थियो । सुनथराली बिमानस्थलमा जहाज आउने थाहा पाएपछि हजारौंको संख्यामा स्थानीयहरू विमानस्थल आएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button