बाँकेमा नेपाल एनसिएफएन र एनसिएस काे अभिमुखिकरण कार्यक्रम सम्पन्न

काेहलपुर/नेपाल राष्ट्रिय मण्डली समिति तथा नेपाल ख्रिष्टियन समाजका लुम्बिनी र कर्णाली प्रदेश द्वारा आयाेजित सल्लाहकार परिषद अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

साेमवार सम्पन्न भएको उक्त कार्यक्रम बाँके जिल्लाकाे आनन्द ए.जी चर्च काेहलपुर-३ मा भएको हाे । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका अध्यक्ष पा. बावुराम बस्नेतले स्वागत मन्तव्य राखेकाे थियाे।

त्यस्तै, कार्यक्रममा क्वइनाेनिया चर्च पाटन का रेभ. ओम प्रकाश सुब्बाले परिषद् मा २४ जना सदस्य रहेकाे कुरा बाइबलमा प्रकाशकाे पुस्तक मा उल्लेख भएझै परिषद् मा २४ जना धर्म गुरुहरु रहेकाे जनाए । एनसिएस र एनसिएफनकाे सबैले एकता गर्नुपर्छ जुन मुक्तिकाे प्रक्रियागत प्रकृया चाहिँ ‘एकता’ हाे भनी उनले जाेडदिए।

एकताका १० बुंदे सहमति लाई सातै वटा प्रदेशमा एकता गरि बाह्य दबाबहरुकाे सामना गर्न यसकाे महत्त्व रहेकाे उनले बताए।उनले नेपाल भरि छरिएर रहेकाे समकालीन नेपालका मण्डलिहरु एक भएर संगतिकाे लागि सुरुवात भएको एनसिएफएन मा नेपाल भरि बाट एक सय पचास जान जति भेला हुने कुरा उनले सम्झना गराए । याे समय र सन्दर्भमा हामी एक भएर खिष्टकाे उदारहण पच्छ्याउन उत्साह दिँदै याे एकता सरकार वा अन्य निकायलाई देखाउनलाई नभई याे ईश्वरी इच्छा रहेकाे भनाइ उनले राखेका थिए ।

त्यसैगरी, उक्त कार्यक्रममा रेभ पा. हनाेक तामाङले एनसिएफएन र एनसिएस सँगसँगै काम गर्नुपर्ने कुरालाई जाेड दिएका थिए भने एनसिएसका महासचिव पा.डिल्लीराम पाैडेलले सबैलाई सहमतिमा ल्याउन आआफ्नो तर्फबाट सहकार्य गर्नुपर्ने बताए ।

साथै, आपसमा धार्मिकताकाे लागि हामी सबै सम्प्रदाय संघसंस्था मण्डली एकतामा एक भएर काम गर्नु पर्ने बताए। अगाडीको पुस्ताले असल संस्कार स्थपित गरि आउने पुस्ताहरुलाई नमूना छोडेर जानू पर्ने र हामी एक्लै दाैडेर लक्ष्यमा पुग्न नसक्ने दाबीसमेत गरे ।

आफ्नाे मनतव्य राख्दै एजी चर्चका कार्यकारी अध्यक्ष एल.वी. चाैधरीले कुनै पनि कुरा बलियाे हुन एकता हुनु पर्ने भनाइ राखेका थिए ।

साे कार्यक्रममा एनसिएस र एनसिएफएन का अध्यक्ष रेभ. प्रकाश सुब्बा र हनाेक तामाङ, एनसिएफएन का केन्द्रीय सचिब पा. वीर बहादुर तामाङ , एनसिएस का महासचिव पा. डिल्लीराम पाैड्यल, उपमहासचिव राजेन्द्र मल्ल लगाएत प्रदेशका १३० जना प्रतिनिधिहरकाे उपस्थिति रहेकाे थियो ।

फाेटाेफिचर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button