बाँकेमा नेपाल ख्रिष्टियन समाजकाे कार्यशाला गाेष्ठी

काेहलपुर/नेपाल ख्रिष्टियन समाज द्वारा आयाेजित सुशासन तथा नेतृत्व विकास कार्यशाला गाेष्ठी सम्पन्न ।
साेमबार र मंगलबार भएको साे कार्यक्रम लुम्बिनी प्रदेशको बाँके जिल्ला काेहलपुर-११ मा अवस्थित हाेटल म्याक्समा भएको हाे।
कार्यक्रममा एनसिएस का जिल्ला प्रतिनिधि तथा इसाई समुदाय बाट विभिन्न राजनीति पार्टी मा आबद्ध प्रदेस सभाका सदस्य जनप्रतिनिधिहरु काे उत्साहजनक उपस्थित रहेको थियोे ।
उक्त कार्यक्रममा माननीय सभासद सुसीला नेपाली, दिलु बुढा मगर र यम बहादुर गैरेकाे गरिमामय उपस्थित रहेको थियाे भने एनसिएसकाे महासचिव रेभ. डिल्लीराम पाैडेल, उपमहासचिव पा.राजेन्द्र मल्ल, लुम्बिनी प्रदेश प्रमुख पा.वावुराम बस्नेत , कर्णाली प्रदेश प्रमुख पा.नवीन दर्लामी सहितकाे उपस्थिति कार्यक्रममा रहेको थियो ।
एनसिएसकाे महासचिव रेभ. डिल्लीराम पाैडेलले समाजको सात क्षेत्रहरुकाे बिषयमा बताउँदै आफुलाई जुन क्षेत्रमा बाेलाट पाएकाे हाे साे क्षेत्रमा प्राभाव पार्नुपर्ने आफ्नो भनाइ व्यक्त गरे ।
इसाई समुदायको हितकाे लागि सहयाेग गर्दै आएका अधिवक्ता पा.दिनेश श्रेष्ठले कार्यक्रममा र्बाेल्दै ‘हाम्रो समुदायले कुन राजनीति नेताले हाम्रो हकहितका कुरामा आवाज उठाउँछन् ती राजनीतिकर्मिहरुकाे ख्याल गर्नु र जनप्रतिनिधि काे रुपमा जुनसुकै राजनीतिक पार्टीमा आबद्ध भएता पनि आफ्नो समुदायको बिषयमा आवाज बुलन्द गर्नुपर्ने उनले बताए ।’
त्यस्तै, लुम्बिनी प्रदेशकाे प्रदेश सदस्य माननिय यम बहादुर गैरेले समाधी स्थल र चर्च निर्माण तथा प्रदेशको कानुन निर्माणमा ईसाइ समुदायको हकहितको सन्दर्भमा के कस्ता मूल्य मान्यता हुनुनुपर्छ सल्लाह सुझाब काे लागि पनि अपिल गरे । साथै आफ्नो कार्यकालमा इसाई समुदायको हकहितको लागि र विकास निर्माणकाे कार्यक्रममा आफ्नो समुदायलाई पहिलो प्रथामिकता दिने बताए ।
त्यसैगरी लुम्बिनी प्रदेशको अर्का प्रदेश सदस्य माननीय दिलु बुढा मगरले हामी सबैकाे भाेट लिएर आएकाे कारण सबैकाे हितको काम गर्नुपर्ने बताए । माननीय बुढा मगरले संकटकालकाे समयमा इसाई मत मान्ने विश्वाससीलाई रुकुममा पुलिसले माओवादीकाे बहानामा हत्या समेत गरेकाे कुरा खुलाइन् ।
त्यस्तै प्रदेश सभामा आफ्नो समुदाय बाट तीन जना मात्र भएको कारण कानुन निर्माणमा आफ्नो आवाज दबिएकाे कारण आगामी निर्वाचनमा जुनसुकै पार्टी बाट भएपनि धेरै जप्रतिनिधिहरु जिताएर पठाउनुपर्ने उनले जाेडदिए ।
यस्तै, लुम्बिनी प्रदेशका प्रदेश सदस्य माननीय शुसिला नेपालीले ख्रिष्टियन समुदायकाे हितकाे बिषयमा सदन बाट कुरा राख्ने बताए तथापि आफुहरु तीन जना मात्रै भएकोले सदनमा आफ्नो समुदायको एजेन्डाहरु कार्यन्वयनमा ल्याउन नसकेको जनाए । उनले राजनीतिकर्मीकाे तर्फबाट आफ्नो समुदायको लागि आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
फाेटाे फिचर