टिपरको ठक्करबाट अर्का टिपरचालकको मृत्यु


घोराही, १६ फागुन ।
घोराही सिमेन्ट उद्योगभित्र टिपरको ठक्करबाट अर्का टिपर चालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित घोराही सिमेन्ट उद्योगभित्र गयराति रा १ क १२७८ नम्बरको टिपरले ठक्कर दिँदा रा १ क १२९५ नम्बरको टिपरका चालक घोराही ३ का ३० वर्षीय नारायण शर्माको मृत्यु भएको हो ।

टिपर रोकेर सडकमा ओर्लिएका शर्मालाई अर्को टिपरले मोड्ने क्रममा च्यापेकोे प्रहरीले जनाएको छ । ठक्कर दिने टिपरका चालक घोराही–३ निवासी ३८ वर्षीय बसन्त जिसीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button