एमालेसहितका दल सरकारमा सहभागी हुने

कांग्रेससँगको सत्ता यात्रा सहज नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन फेर्दै आजै एमालेसहितका दल समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । एमालेको सचिवालय बैठकले सरकारमा जान निर्णय गरेको छ ।

एमालेले सोमबारै पदम गिरीलाई सरकारमा पठाउने छ । माओवादीको पदाधिकारी बैठक अहिले चलिरहेको छ । पदाधिकारी बैठकले सरकारमा नयाँ मन्त्रीहरू पठाउने औपचारिक निर्णय गर्दैछ । रास्वपा र जसपा पनि सरकारमा सहभागी हुनेछन् । दुवै दलका पनि बैठक चलिरहेका छन् ।

प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई मन्त्रिपरिषद् पनुर्गठनको पत्र पठाउने छन् । त्यसपछि आजै शपथ हुनसक्ने एक एमाले नेताले जानकारी दिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button