हेटौंडा–पथलैया सडक खण्डमा बस पल्टिँदा २३ घाइते

हेटौंडा–पथलैया सडक खण्डको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक यात्रुबाहक बस मंगलबार पल्टिँदा २३ जना घाइते भएका छन् । बसमा सवार ठेगाना खुल्न नसकेकी निसु खड्काको अवस्था गम्भीर रहेको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

खड्कालाई थप उपचारका लागि भरतपुर पठाउने तयारी भइरहेको उनले बताए ।

१८ जनाको हेटौंडा सरकारी अस्पताल र ५ जनाको अमलेखगन्जमै उपचार भइरहेको छ । चितवनबाट जनकपुरतर्फ जाँदै गरेको ना६ख ९०३० नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० फिट तल खस्दा दुर्घटना भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button