काम गर्न नसके सरकारबाट आफैं बाहिरिन्छौँ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्लेले आफ्ना मन्त्रीहरूले काम गर्न नसकेको दिन सरकारबाट आफैं बाहिरिने बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा वाग्लेले राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्ने भएकाले आफूहरु सरकारमा सहभागी बनेको बताएका हुन् ।

उपाध्यक्ष वाग्लेले ‘फ्रेसनेस’ र अनुभवको सन्तुलनबारे बाहिरी व्यक्तिले चासो राख्नु स्वभाविक भए पनि आन्तरिक पार्टी मेकानिजममा नबोल्न चेतावनी दिए । उनले प्रधानमन्त्रीको समर्थनमा रास्वापको चाल चेसमा उँट, घोडा, हात्ती, रानी पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म पुग्ने मात्रै रहेको बताए । उनले नेपाली काँग्रेसप्रति लक्षित गर्दै गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा किन नखोजेको भन्दै प्रश्न गरे ।

‘हामी बिगार्न, भत्काउन, तोड्न, उखेल्न आएका होइनौँ । हाम्रो प्रवेश सशर्त छ, काम गर्न आएका हौँ, काम देखाउन आएका हौँ, सरकारबाट डेलिभरी गर्न सकिन्छ कि भनेर आएका छौँ । सुशासन र युवाकेन्द्रित मन्त्रालय रोजेरै लिएका छौँ । गर्न नसकेको दिन आफैँ बाहिरिन्छौँ,’ उनले भने । वाग्लेले कांग्रेसले रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button