मुगुमा नगरप्रमुख भाम र यातायात समिति बीचकाे लफडा टुङ्गियाे

मुगुकाे नगरप्रमुखले गाडी चालक माथी हातपात गर्दा यातायात समितीले गरे बाटो बन्द गरेको छ ।

मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका – २ स्थित ससुराली मन्दिर नजिकको बाटाेमा यात्रुहरु बोकेको ना . ख . ४ ६९२० नम्बरको २० जना यात्रुहरु बोकेको बस र भे . १ ज . ३०१३ १० जना यात्रुहरु बोलेको जिप २०८० चैत्र ९ गते बिहान करिब १० बजे तिर ३२ जना यात्रुहरु बोकि हिडकेका दुई वटै गाडीको चावी थुतेर बिच बाटोमा मुगु , छाँयानाथ रारा नगरपालीका नगर प्रमुख विष्णु कुमार भाम, उनका भाइ नरेश भाम र दिलिप कुमार भाम लगायत नाम नखुलेका ५ जनाको समुहले नगरपालिकाको नियम मिचेर काम गरेको भन्दै आफू माथी हातपात र धम्की दिएर यात्रुहरु बोकेर हिडेरहेको गाडको चावी थुतेर लगेको बस चालक सुर्खेतका हिक्मत राना क्षेत्री र जिप चालक जुम्लाका तिलक थापाले बताए ।

छाँयानाथ यातायात समितीका कर्मचारी बिरेन्द्र मल्ललाई पनि आफू माथी घाँटी च्यापेर अभद्र व्यवहार गरेको बताउँछन् ।

यात्रुकाे सास्ती: आफु बिरामी भएको कारण भोली नेपालगन्ज जान लागेको र आज बिच बाटोमा नै बस नगरपालिकाले फिर्ता गरेको कारण बिच बाटोमा आफू अलपत्र परेकाको र यसरी बिचमा बस्नलाई धेरै दिनको लागी खर्च पनि नभए यात्रु सिंह बहादुर कुमाईले बताए ।

आज नै जुम्ला पुगेर आफ्नो छोराको अदालतको मुद्दाको काम जसरि पनि पुग्नु पर्ने थियो यसरी बिच बाटो देखि नै यात्रु झारेर गाडी फिर्ता लिदा आफू अलपत्र परेको अर्का यात्रु दिन बहादुर नेपालीले बताए ।

त्यस्तै, अर्कि बिरामी ६० वर्षकि पाल्जोमा लामा बताउछिन आफू बिरामी भएको र काठमाडौं जान लागेको बस यसरी रोक्दा बिचमा अलपत्र परेको बताइन् । अर्का १३ बर्षका बालक नेपालगन्ज जान लागेको र यसरी बिचमा अलपत्र पर्दा गाह्रो भएको बताए ।

यसबारे पटक – पटक सुचना गर्दा पनि सुचनालाई नमानेको कारण आज हामिले यस्तो गर्न बाध्य भएको नगर प्रमुख विष्णु कुमार भामले बताएकाछन् ।

आज १० बजे देखि नै गाडी र बाटो बन्द भए तापनि आफुलाई ढिलो थाहा भएको र अब यातायात समितीलाई अहिले नै बाटो खोल्न निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी टाेपेन्द्र केसीले बताए ।

नगरपालिकाको सुचना थाहा नभएको कारण बिच बाटो देखि माथी गाडी लिएको एकाएक नगर प्रमुखको टाेलिले आफ्नो समितिकाका चालकमाथी हातपात गरेकोले कानुनी कार्वाही नभएसम्म छाँयानाथ यातायात प्रालि का गाडी नचल्ने यातायात समितिका सचीव बसन्त शाहिले बताए ।

अबेरपछि नगरपालिका र यातायात समिती बिचि सहमती गर्दै नगरप्रमुख भामले आफ्नो गल्ती स्वीकार गरेपछि यातायात समितीले गाडी बसपार्कमा राख्ने सहमती भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button