स्याङ्जा: बच्चा जन्माएर अलपत्र अवस्थामा छाडेर हिडेकी महिला पक्राउ

बच्चा जन्माएर अलपत्र अवस्थामा छाडेर हिडेकी एक महिलालाई प्रहरीले स्याङ्जाबाट पक्राउ गरेको छ। पुतलीबजार नगरपालिका वडा नम्बर ३ काफलडाँडा कि ३९ वर्षीया माया भन्ने जयन्ती नेपालीलाई आफ्नै नवजात शिशुलाई अलपत्र अवस्थामा छाडेर हिडेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

अभियुक्त नेपालीले नवजात शिशुलाई जन्म दिएर घर नजिकै अलपत्र अवस्थामा छाडेर आफू अस्पताल गएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

डिएसपी रानाले शिशुलाई अचेत अवस्थामा घर नजिकै फेला पारेर छिमेकीले खबर गरेपछि प्रहरीको टोली गएर उद्धार गरेर स्याङ्जाको जिल्ला अस्पतालमा पुर्याइएकोमा उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको बताए ।

उनले कानुनी व्यवस्था अनुसार नवजात शिशुलाई त्याग्न नपाइने भएको हुँदा घटनामा संलग्न नेपालीलाई ज्यान मुद्दामा स्याङ्जा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button