हुम्लामा जीप दुर्घटना २ जनाको मृत्यु, ६ जना घाइते

हुम्लामा शनिबार बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

दुर्घटनामा परी ओदानचुली गाउँपालिका-५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र सोही वडाका १३ वर्षीय प्रवेश ऐडीको ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाको केन्द्र श्रीनगरबाट वडा नं. ५ को बारीगाउँ जाँदै गरेको सु. ००१ ज ११८३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी घाइते हुनेहरुको भने परिचय खुलेको छैन ।

दुर्घटनाको बारेमा विस्तृत विवरण आउने क्रम रहेको डिएसपी खनालले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button