मुगुमा कार्यरत सिडिएस-पार्क संस्थाकाे अध्यक्षमा पुष्पा लामा चयन

सर्जन कुमार शाही

मुगु – कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस-पार्क )संस्थामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ। १८ औ बार्षिक साधरण सभा तथा छैटौ अधिवेशनले पुष्पा लामाको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको छ।

हिमाली जिल्ला मुगुमा बिगत लामो समय देखि काम गर्दै आएका समुदाय स्तरमा बाल बिवाह, अपाङ्ग,महिला बालबालिका तथा युवा लगायत बिभिन्न क्षेत्रमा काम गर्दै आएको र संस्थाको बिधानका आधारमा युवा नेतृत्वको संस्था भएकाले युवा लक्षीत कार्यसमिती हुनु पर्ने भयकाले १८ बर्ष पुरा भई ३० बर्ष ननाघेको कार्यसमिति हुनुपर्ने छ। त्यसै अनुरुप युवा नेतृत्वको कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस-पार्क ) संस्थामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ।
उक्त सभाका प्रमुख अथिती जिल्ला समन्वय समिती प्रमुख मन्जन बहादुर कार्कि लगायत अथितीहरु बिभिन्न सरकारी कार्यलयका प्रमुख एवम प्रतिनिधी उपस्थिती रहेका थिय।

संस्थाका कार्यकारी निर्देशक अज बहादुर शाहीले अधिवेशनबाट लामाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको बताए।
जसअनुसार अध्यक्षमा पुष्पा लामा चयन भएकी छन् भने उपाध्यक्षमा पासाङ्ग तुन्डुप लामा, कोषाध्यक्षमा सुबास रावल, सचिवमा अर्जुन बहादुर शाही, र सदस्यमा लाल बहादुर शाही,सबिना मल्ल,अमर बहादुर कामी,मनवुजा बुढा,लैमा लावड छन्।

लगतै पुरानो कार्यसमितिलाई बिधाई तथा नया कार्यसमितिलाई स्वागत गरि आगामि आउने ३ बर्षेमा संस्था लाई कसरि अझ अब्बल बनाउने भन्ने बिषयमा प्रशिक्षक सन्तोष भण्डारीको सहजिकरणमा नयाँ कार्यसमिति लगायत,साधरण सदस्य,आजिबन सदस्य,संस्था का कर्मचारि गरि ३६ जना लगायतको २ दिने उपस्थितिमा संस्था को रणनितीक कार्ययोजना तयार समेत पारेका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button