अर्कालाई देखाउन पुलबाट हामफालेका शाही कसैले नदेख्ने गरि वेपत्ता भए !

होली खेलेर आएका १७ युवा कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकपछि अर्को गर्दै हामफालेका छन् । तीमध्ये एक बेपत्ता भएका हाे।
प्रहरीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिकाका ३० वर्षीय लोकेन्द्रबहादुर शाही बेपत्ता भएका हुन्।
सोमबार बेलुकीसम्म खोजी गर्दा पनि नभेटिएपछि खोजी कार्य रोकिएको छ। प्रहरीले गोताखोर प्रयोग गरिए पनि बेपत्ता भएका शाही नभेटिएको जनाएको छ । मंगलबार बिहानबाट पुनः खोजी सुरु गरिने प्रहरीले जनाएको छ।
युवाहरूले हामफालेको र डुंगाबाट खोजी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। सोमबार दिउँसो ती युवाहरूले कर्णाली नदीमा हाम फालेका थिए ।
हालि खेलेर कर्णाली पुलमा झुमिरहेका साे समूह एकाएक उक्साहट तथा देखासिकिमा नदिमा हामफालेकाे हुन सक्ने प्रवल सम्भावना छ। यश अघि पनि उक्त पुल बाट कयौं युवाहरु भिडियो बनाउने भन्दै हामफाले र वेपत्ता भएको घटना स्थानीय बताउँछन् ।
यसपटक पनि यस्तै उक्साहटले याे घटना हुन सक्ने अड्कल काटिएको छ। वेपत्ता भएका शाही पानी मा पाैडिन अनुभवी हाे हाे वा हाेइन भन्न सक्ने अवस्था छैन।
यसरी अर्कालाई देखाउन पुलबाट हामफालेका उनी कसैले नदेख्ने गरि विपत्ता भएका छन् । याे घटनाबाट सबैले पाठ सिक्न जरुरी छ।