मुगुमा एसईई तयारी: ४ घण्टा हिडेर पुग्दा पनि पाँदैनन् गुणस्तरीय शिक्षा

सर्जन कुमार शाही – मुगु

मुगुको सोरु गाउँपालिका वडा नम्बर ९ मा रहेकोले श्री विजय माबि कालैमा अध्ययनरत विद्यार्थीहरुले चार घण्टा हिडेर ३ बिषय पढेर एसईईको तयारी गर्दै छन् । बार्षिक परिक्षा र माध्यमिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेशन एक्जाम एसइई परिक्षा मुखमै छ तर यस बिद्यालयमा अध्यनरत विद्यार्थीहरुले पूरा पाठ्यपुस्तक पढ्न पाएका छैनन् ।

कक्षा ८,९ र १० का विद्यार्थीहरूले दिनमा ३ बिषय मात्र पढेर परिक्षाको तयारी गरिरहेका छन । विद्यार्थीहरु खनाया,सीप,तारापनि,नुवाकोट लगायत आसपासका गाउँबाट बिद्यालय आउन जान करिब ४ भन्दा बढी हिड्नु पर्छ तर पठनपाठनमा विद्यार्थीहरु गुणस्तरीय शिक्षा पाउँनबाट बन्चित छन ।

सामाजिक बिषय मात्र पूरा पाठ पढाई भएको कक्षामा अध्ययनरत विद्यार्थीले बताएका छन । कक्षा ९ मा अध्यनरत छात्रा कमल नाथ योगीले भन्छन् “घण्टौँ हिड्न बिद्यालय आउँछौँ तर पूरा कोर्ष पढ्न पाएका छैनौं । अंग्रेजी,विज्ञान र गणित बिषय पनि धेरै पढ्न बाँकी छ । गणित र बिज्ञान पढाउने सर बिद्यालयमा आएको दुई महिना भयो”। पुरै कोर्ष सकिएको छैन कसरी परीक्षामा सहभागी हुने भनेर बिद्यार्थीहरु चिन्तित छन ।
यस बिद्यालयमा कार्यरत शिक्षक गुड्डु प्रसाद न्यौपानेले भन्छन् “म यस बिद्यालयमा आएको दुई महिना मात्रै भयो । कोर्ष पूरा गर्न मलाई धेरै हम्मेहम्मे भएको बताएका छन । विद्यार्थीले पूरा कोर्ष पढ्नै पाएका छैनन्।

विद्यालयको हालत बिग्रिएको छ र यसलाई सबै निकाय मिलेर सुधार्नु पर्ने उनले बताए” ।
बिद्यालयमा पढाइ प्रभावित हुनुको कारण गत बर्ष गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्दा धेरै शिक्षकहरु गाउँपालिकाको निर्णय विपरीत सर्वोच्च अदलातमा मुद्दा प्रक्रिया गए पछि बिद्यालयमा शिक्षकहरु मुद्दाको टुन्गो नभएसम्म उपस्थिति भएनन् ।

दसैं पछि मात्र सर्वोच्च अदलातमा मुद्दाको फैसला पछि शिक्षकहरू अन्यत्र सरूवा भई गए पछि पठापाठनमा समस्या अएको र कोर्ष पूरा नभएको बिद्यालयका प्रअ सिताराम थारु बताउँछन ।
यस बिद्यालयमा प्रअ नियुक्ति गर्दा पालिकाले आफूखुसी बनाउदा प्रधानाध्यापकको किचलो महिनादेखि हुँदै आई रहेको छ । जसका कारण विद्यार्थीहरूलाई झन पठनपाठनमा समस्या आएको छ । विजय मावि कालैमा यस अघि प्रअमा बिर बहादुर बम कार्यरत थिए । तर उनी पौष महिनामा सरुवा भई अन्यत्र बिद्यालयमा जान्छन् । बिद्यालयमा प्रअको पद खालि रहेको हुन्छ ।

सिताराम थारु विजय माविमा पौष २५ गते हाजिरी हुन्छन् । सिताराम थारु यस अघि सोरु गाउँपालिका वडा नम्बर ८ मा रहेको रारा मावि कच्यामा प्रधानाध्यापक थिए । तर गाउँपालिकाले विजय माविमा उनलाई सरुवा गर्छ । प्रअ नियुक्तिमा शिक्षा नियमावली अनुसार आफ्नो प्रअ हुन योग्यता पुगेको शिक्षक सिताराम थारुले बिद्यालय व्यवस्थापन समितिलाई निवेदन दिएका थिए । पटकपटक प्रअ बनाउन बैठक बस्छन् तर सिताराम थारूलाई प्रअ बनाउन सहमत हुँदैनन् ।

पौष २३ गते बिद्यालयमा बसेका बैठकले शिक्षा नियमावलीको धज्जी उडाउँदै बिव्यस समिति र गाउँपालिकाले आफूखुसी शिक्षा नियमावली विपरीत प्राविका शिक्षक रामबहादुर शाहीलाई प्रअ बनाउछन् । प्रअ नियुक्तिमा शिक्षा नियमावली विपरीत योग्यता भन्दा आफूखुशी बिव्यस र गाउँपालिकाले बनाउँछन । सिताराम थारूले शिक्षा नियमावली विपरीत प्रअ बनाएको भन्दै सोही दिन गाउँपालिकामा उनले निवेदन दिए । पौष २४ गते गाउँपालिकाले सीता राम थारूको निवेदनको पक्ष लिई उनलाई गाउँपालिकाले प्रअको जिम्मेवारी दिन्छ ।

तर सिताराम थारूलाई बिद्यालय व्यवस्थापन समितिले उनलाई प्रअको जिम्मेवारी दिँदैनन् । एक महिनासम्म पनि उनले बिद्यालय व्यवस्थापन समिति र उनीहरुले बनाएका प्रअले सिताराम थारुलाई प्रअको जिम्मेवार दिदैनन्न । बल्लतल्ल फागुनको पहिलो साता बिव्यसले सीता राम थारुलाई प्रअको जिम्मेवार दिने निर्णय गर्छ । सिताराम थारुलाई प्रअको जिम्मेवारी एक महिना पनि टिक्न दिएन पालिकाले । प्रअको जिम्मेवारी पाएको एक महिना नबित्दै गाउँपालिकाले फागुन २४ गते जगत माला मावि धैनमा सीता राम थारूलाई सरूवा गरेको छ ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन बिटालुले आफुहरुले गरेको गल्ती स्वीकार गरेको छन । “पहिला हामीले नियमविपरीत प्रअ बनाउन खोज्दा हाम्रो गल्ति भएको हो । फेरि फागुनको पहिलो साता सिताराम थारूलाई प्रअको जिम्मेवारी उनलाई प्रअ बनाएका हौं” । तर अहिले गाउँपालिकाले बिद्यालय व्यवस्थापनलाई कुनै जानकारी नदिई अन्यत्र सरूवा गरेको उनले बताएका छन ।
सोरु गाउँपालिकाले मनपरि बिद्यालयमा कार्यरत प्रअ र शिक्षकलाई अन्यत्र सरूवा गर्दा विद्यार्थीहरूले पढ्न नपाएको अभिभावकहरुले बताएकाल छन् । पालिकाले यसरी मनपरि गरेको निर्णयको विद्यार्थीहरु र अभिभावक असुन्तष्टि रहेका छन् ।

विधालयको भवन ताला बन्दी हुँदा पढाइ प्रभावित ।
बिजय माध्यमिक विधालयको बनेको नयाँ भवनमा फागुन २० गते देखि ताला बन्दी हुँदा विद्यार्थीहरु जीर्ण भएको भवनमा बस्दै आएका छन् ।
बनेको नयाँ भवनमा ताला बन्दी गरेर आफुहरुलाई बाख्रा समान गोठ जस्तो ठाँउमा राखेको कक्षा ८ मा अध्ययनरत छात्रा उब्जा लक्ष्मी मल्लले बताइन र कक्षा कोठा व्यवस्थित नभएको कारण सरहरूले पनि अध्यापन गराउँदा आनाकानी गर्ने कक्षामा अध्ययनरत छात्र बसन्त शाहीले बताए । उपयुक्त कक्षा कोठा नभएको कारण अध्यापन गराउँदा भत्किएको कोठामै अध्यापन गर्न बाध्य भएको र जोखिम मोलेर नै बिद्यार्थीलाई पठनपाठन गराउदै आईरहेको शिक्षक रामु योगीले बताए ।

भवन नभएको होइन मर्मतका लागि गाउँपालिकाले अनुदान स्वरुप १० लाख बजेटमा दुई तले भवन ४ कोठाको मर्म गर्न लगायो मर्मत पश्चात् ३ लाख ३० हजार दियो तर ६ लाख ७० हजार पालिकाले भुक्तानी गर्न ढिलाई गरे पछि ८० जना कामदार सहित निर्माण समितीले ताला बन्दी गरेको निर्माण समितिका अध्यक्ष पार्वती योगीले बताईन् ।
गाउँपालिकालाई पटक पटक अनुदानको रकम हाल्नको लागी अनुरोध गरियो। हामीले भनेको कुरा जिम्मेवार निकायले सुनुवाई नै नभएको र यो भवन ताला बन्दी हुँदा विद्यार्थीको पढाइ मात्र प्रभावित नभएर अब हुने अन्तिम परिक्षा चलाउन पनि कक्षा कोठा अभावको कारण ठुलो समस्या आउने व्यवस्थापन समितिका अध्यक्ष रतन बिटालुले बताए ।

विजय माबि कालैमा विद्यार्थीहरूले भोगिरहेका समस्याका बारेमा हाम्रो पहिलो प्रश्नमा सोरु गाउँपालिका अध्यक्ष धर्म बहादुर शाहीले आफुलाई बिद्यालय भवन तालाबन्दी गरेको मलाई थाहा नभए बताए । आफुले कुनै सुचना नपाए भन्दै अध्यक्ष शाही उम्कन खोजे । यसरी विद्यार्थीहरुले लामो समयदेखि पढ्न पाएका छैनन् । यता स्थानीय सरकारका जनप्रतिनिधि भएको दुई बित्न लागि सकेको छ । तर स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पालिका भित्र रहेका बिद्यालयका समस्यामा न कुनै चासो दिन्छन् न त समस्या समाधान तिर उल्टै स्थानीय सरकार रमिते बनेको छ ।

सोरु गाउँपालिकाले गत बर्ष दरबन्दी मिलानका नाममा धेरै शिक्षकको सरूवा गर्दा समस्या आए पनि त्यो समस्या समाधान भयो तर प्रअको दरबन्दी मिलानमा भन्ने पालिकाले आफूखुसी गर्दा धेरै समस्या आइरहेको शिक्षा विकास तथा समन्वय इकाई मुगुका प्रमुख सूर्यबहादुर खत्रीका बताएका छन् ।

अनुसार यसरी पालिकाले शिक्षा नियमावली मिच्दा बिद्यालय काम गर्ने वातावरण नहुने,बिद्यालय शैक्षिक वातावरण धमिलो हुने र शैक्षिक गुणस्तरमा असर परिरहेको उनले बताएका छन् ।
लामो समयदेखि विद्यार्थीहरूले भोग्नुपरेको समस्या सम्बन्धित निकायले नजरअन्दाज गर्दै आइरहेको छ । राज्यले सहजै पाउने भनिएको गुणस्तरीय शिक्षा यहाँका विद्यार्थीहरुले पाउनै मुस्कील परेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button