‘दलितका लागि दलित’ अभियान कार्यक्रम सम्पन्न

“दलितका लागि दलित” नामक अभियानका संयोजक खगेन्द्र सुनारले बर्दियाको सदरमुकाम गुलरियामा आयोजित दलित अगुवा तथा सरोकारवालाहरुको कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार आयोजना गरिएको उक्त कार्यक्रममा जिल्लाभरिका दलित अगुवाहरु तथा सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
साे कार्यक्रममा बोल्दै खगेन्द्र सुनारले दलित समुदायले भोग्दै आइरहेका समस्या र विभेदका बारेमा चर्चा गर्दै समुदायको उत्थानका लागि के कस्ता कदमहरु चालिन आवस्यक छ भन्ने कुरामाथि प्रकाश पारेका थिए ।
साथै उक्त कार्यक्रममा आगामी बैशाख १५ गते कोहलपुर चौराहामा हुन गइरहेको वृहत दलित सभालाई कसरी भव्यताका साथ सफल बनाउने भन्ने बारेमा पनि चर्चा गरिएका थिए ।