मुगुकाे सोरुमा जिप दुर्घटना : २ को मृत्यु, ४ जना घाइते (भिडियो सहित)

सर्जन कुमार शाही
मुगु – जिल्लाको सोरु गाउँपालिका – ८ कच्चेमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
बुधबार दिउँसो ४ बजेतिर गमगढीबाट सोरु तारापानीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ज ००५९ नम्बरको जिप सोरु गाउँपालिकास्थित कच्चे भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक कविराज नेपाली र एक जना नाम खुल्न नसकेकी महिलाको घटनास्थलमै मृत्यु भएको मुगु जिल्ला प्रहरी नायक उपरीक्षक बिरेन्द्र थापा जानकारी दिए । उनले भने, ‘ कच्छे सडकबाट १ सय मिटर तल खसेको छ ।’ उक्त जिपमा ६ जना सवार रहेको पनि प्रहरी उपरीक्षक थापाको जनाए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिप दुर्घटना भएको खबर प्राप्त भएपछि उद्धारको लागि जिल्लाबाट सुरक्षाकर्मी पठाइएको थियो । घाइते चारै जनालाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।
घाइते ४ जना मध्य सोरु गाउँपालिका – ६ का ३४ वर्षिया मनजन नेपाली गम्भीर घाइते छन् तीन जनाको अवस्था भने सामान्य रहेको छ । सामान्य घाइते तीन जनाकाे विवरण यसप्रकार छन्, सोरु गाउँपालीका – ६ पुरुमुरुका २८ बर्षका सर्जन नेपाली , सोही स्थानका हिरासिंह नेपाली , सोरु – २ का ३२ बर्षका गोरख बहादुर नेपाली रहेका छन् बिरामी उपचार जिल्ला अस्पताल मुगुमा भैरहेको छ ।