मुर्मामा पर्यटकहरु अँध्यारोमा बस्न बाध्य

सर्जन कुमार शाही
मुगु २४ चैत्र, २०८०
मुगु — नेपालकै प्रमुख पर्यटकीय गन्तव्य स्थल रारा ताल नजिकै रहेकाे मुर्मा गाउँका स्थानीयहरू विद्युतको पहुँच भन्दा बाहिर रहेका छन् । अहिले सम्म पर्यटकिय गाउँमा बिध्युत बिस्तार हुन नसके पछि मुर्मा गाउँ बिद्युतकाे पहुँच भन्दा बाहिर रहेकाे हाे ।
स्वर्गको अप्सरा रारामा सदिउँ देखि बसोबास गर्दै आएका मुर्मा गाउँका ८५ परिवारले अहिलेसम्म विद्युतको उज्यालो देख्न पाएका छैनन् । आफु हरू लगायत रारा घुम्न आउने आन्तरिक तथा बाहि्य पर्यटक हरू रातीकाे समयमा अँध्यारै बस्नु पर्ने बाध्यता रहेकाे स्थानिय बासिन्दाहरूकाे गुनासाे रहेकाे छ ।
सदरमुकाम गमगढी बजार लगायत वरपरका बस्तीहरु बिजुली बत्तीले झिलिमिली देखिने गरेको भएप नि रारा मुर्मा गाउँ भने पहिले देखिनै रातिकाे समयमा राराताल घुम्न आउने पर्यटकका साथै स्थानिय बासिन्दा अन्धकारमा बस्न बाध्य बिवस छन् ।
गमगढी बाट करिव १ घन्टा दक्षिण दिशामा करिब डेढ दशक अघि निर्माण भएकाे ४ सय किलोवाट विद्युत उत्पादन क्षमता रहेको गमगाढ साना जलविद्युत आयोजना छ भने गत भदाैमा राष्टिय प्रसारण लायन समेत पुगिसकेकाे छ ।
अहिलेसम्म पर्यटकिय गाउँ मुर्मा , लगायत साेरू ,खतेड र कार्माराेङमा बिद्युत बिस्तारकाे काम अघि नबढ्दा स्थानीय जनताहरूकाे बिजुली बत्ती बाल्ने धाेकाे अधुरै रहेकाे छ ।
अर्कोतर्फ जिल्ला सदरमुकाममा राष्ट्रिय विद्युत प्रशारणलाई लाइन पुगे पनि रारा मुर्माबासीलाई भने विद्युत प्रतिक्षा गर्दै दिन बित्न थालेको छ । ‘गाउँमा बत्ती छैन, हुनेका घरमा सोलार बत्ती जोडिएका छन् नहुनेले अहिले पनि रारा राष्ट्रिय निकुञ्जका कारण झराेकाे दियालाे बाल्न समेत मुस्किल छ ।
तर पनि सल्लोको दियालो बालेर जेनतेन समस्या टारेका छन्,’ रारा मुर्मा गाउँका बृषबहादुर रोकायाले दुखेसो पोख्दै भन्नू भयाे सरकारले हामीलाई बत्तीको सुबिधा दिन सकेकाे छैन ।मुर्मा गाउँका स्थानीयले गमगाढ जलविद्युत छायाँनाथ रारा नगरपालिका र रारा राष्ट्रिय निकुञ्ज समक्ष विद्युत उत्पादनको लागि बारम्बार आग्रह गर्दै आएका छन् । पर्यटकीय गाउँ भनेर सबै घुमफिर गर्नका साथै गाउँ हेर्न र बास बस्न यहाँ आउँछ मुर्मा गाउँमा भने बत्ति छैन । रोकायाले भने हाम्रो बसोबास अँध्यारोमा छ। ‘निकुञ्जले गर्दा सल्लोको दियालो पनि पाउन मुश्किल छ,’ उनले भने, ‘गरिबीले गर्दा सौर्यपाता किन्ने क्षमता छैन ।’
चार वर्ष अघि गमगाढ साना जलविद्युत आयोजनाबाट रारा मुर्मा गाउँमा विद्युत लैजान लाइन बिस्तार गर्न रारा निर्माण सेवाले ठेक्का पाए पनि उक्त कम्पनीको लापरबाहीले गर्दा काम अलपत्र परेको छ ।
ताल्च, पिना, झयारी, लामाचौर, माथितुम गाउँसम्म विद्युतको पहुँच पुगेको भएपनि मुर्मा गाउँमा नपुग्दा स्थानीय निरास छन् । निकुञ्जले गर्दा मुर्मा गाउँमा सडक बिस्तारमा बाधा भएको छ । गाउँमा सडक नपुग्दा स्थानीय दुई घण्टा हिडेर गमगढी पुग्ने र फेरि दुई घण्टा उकालो चढेर घर पुग्ने गरेका छन् । यो आर्थिक बर्षमै रारा मुर्मा गाउँमा विद्युत पुर्याउन लक्ष्य रहेको गमगाढ जलविद्युत आयोजना प्रमुख साजन बहादुर ऐडीले बताए । ठेक्का मार्फत काम सुरु भइरहेको उनको भनाइ छ ।