जुम्लामा चालककाे नै ज्यान लग्यो ट्याक्टर दुर्घटनाले

जुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा चालक सल्यान त्रिवेणी गाउँपालिकाका २७ वर्षीय वसन्त रेउलेको मृत्यु भएको हो ।

जिल्लाको कनकासुन्दरी गाउँपालिका ५ देखि गोठिजिउलातिर जाँदै गरेको लु ५ च १४६० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई लोट्खुडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए । उनका अनुसार घटनालगत्तै ट्र्याक्टर चालकलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

ट्र्याक्टर सडकबाट करिब सय मिटर तल खसेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button