मुगुमा कसले फाेड्याे एनआइसी एशिया बैंक, खाेजी कार्य जारी

सर्जन कुमार शाही
मुगु बैशाख २ गते,
मुगु स्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ ।
शनिबार राती बैंकको मुल ढोका फोडेर भित्र ९:२१ बजे एक जना व्यक्ती बैक भित्र गएको बैकको सिसि क्यामारामा देखिएको छ ।
उक्त व्यक्तिले बैक भित्र प्रवेश गरेर सुरक्षागाडले प्रयोग गर्ने जुत्ता र खुकुरी समेत लगेको प्रहरिले जनाएको छ ।
बैकमा १ जना मात्र सुरक्षाकर्मी भएको र उस्को डिउटी राती ८ बजेसम्म मात्र भएकोले त्यही मौका छोपी साे अज्ञात व्यक्तिले बैंकको मुल ढोका फोरेको देखिन्छ ।
प्रहरीले दिएको जानकारि अनुसार बैकको ढोका फोरेर सुरक्षागाले प्रयोग गर्ने जुत्ता र खुकुरी लिने व्यक्ती बजार घुमिरहने मानसिक अबस्था ठिक नभएको जस्तो देखिने एक युवा भएको र उस्को खोजी भैरहेको छ ।
ढोका फोर्ने र जुत्ता खुकुरि चोर्नु बाहेक अन्य कुनै क्षेती गरेको नदेखिएको पनि प्रहरिले बताएको छ ।
यस सम्वन्धमा बैकका शाखा प्रमुख विश्वराज वुढासङ्ग बुझ्दा उहाले बैकका कर्णाली प्रदेश सुचना अधिकारी अनिल आचार्यसङ्ग बुझ्न फोन गर्दा नागरिक पत्रीकाले याे समाचार तयार पार्दा सम्म उहाँको फोन उठेन ।