वालिङमा बसकाे ढाेका बाट खसेर पछाडिको टायरले किच्दा मृत्यु

स्याङ्जाको वालिङ नगरपालिकामा १३ बायाटारीमा बसको ढोकाबाट खसरे एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही मलंगवा नगरपालिका ६ घर भई स्याङ्जा गल्याङ नगरपालिका १ खहरे बस्ने २० वर्षीय अमिल साह रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ६८९७ नम्बरको बसको ढोकाबाट खसेर साहको सोमबार बिहान मृत्यु भएको हो ।

बसबाट खसेर पछाडिको टायरले किच्दा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button