बेपत्ता पुनको शव सेति नदिमा भेटियो, शसस्त्रद्वारा उद्धार

शसस्त्र प्रहरीले कास्कीको माछापुच्छ गाँउपालिका वडा नं.१ करुवा स्थित सेति नदिबाट एकजनाको शव उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हे.क्वा. कास्की पोखराबाट खटिएको विशेष खोज तथा उद्वार एंव गोताखोर टोलीले शव उद्धार गरेको हो ।
उक्त शव माछापुच्छ्रे गाँउपालिका वडा नं.१ करुवा बस्ने २५ वर्षीय जगत पुन रहेको खुलेको छ । पुनको शव परिवारले पहिचान गरेको हो ।
करुवा स्थित सेति नदिमा मानिसको हात तैरिरहेको अवस्थामा देखिएको र पानीको बाहाव तिव्र रहेको हुँदा खोज तलास तथा उद्धारको लागी गोताखोर आवश्यक परेको भन्ने खबर अन्य सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधीहरुबाट प्राप्त भएपछि विशेष उद्धार टोली परिचालन गरिएको थियो ।
उद्दार टोलीले सेति नदीको १५० मिटरको खोचमा पानी भित्र ३ मिटर गहिराईमा ढुङ्गामा अड्किएको अवस्थामा पुनको शव निकालेको हो ।
आज दिउसो २ः२५ बजे शव उद्धार गरि पोष्टमार्टमको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको शसस्त्र प्रहरीले जनाएको छ ।
मृतक पुन यहि बैशाख १ गते देखि घरबाट हराईरहेका थिए ।