पोखरामा जिप र माइक्रो बस ठोक्किँदा ८ चिनियाँ पर्यटक घाइते

पोखरामा जिप र माइक्रो बस आपसमा ठोक्किँदा पोखरा घुम्न आएका आठ चिनियाँ पर्यटक घाइते भएका छन् ।
पोखरा महानगरपालिका ७, सहिदचोकबाट मुस्ताङ चोकतर्फ जाँदै गरेको बा.१३च ५१३७ नम्बरको जिप (स्कार्पियो) र ड्याम साइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा.१च ८५१ नम्बरको माइक्रो बस (हाइस) आज बिहान आपसमा ठोक्किँदा चिनियाँ पर्यटक घाइते भएका हुन् ।
हाइसमा चढेका १४ मध्ये आठ चिनियाँ घाइतेको कास्की प्रहरीले जनाएको छ । उनीहरुको पृथ्वी चोकस्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते सबैको स्वास्थ्य अवस्था मध्यम छ ।
स्कार्पियोमा भने चालक मात्र रहेको र दुवै गाडीका चालकलाई बैदम प्रहरीले नियन्त्रणमा लिएको छ ।