नगर प्रमुख भामकाे कटाक्ष: धान खाने मुसा, चाेट पाउने भ्यागुताे!

सर्जन कुमार शाही
मुगु बैशाख ८ गते,
जिल्लामा संघिय र प्रदेश सरकारले विकास नगरेपनी गाली भने स्थानिय सरकारले पाउदै आएको बताइएको छ ।
प्रदेश र संघीय सरकार मातहतका जिल्ला स्थित सडकहरुको स्तरउन्नती र अन्य सुधारका काम दुबै सरकारले नगरेपनी गाली भने जनताहरुले स्थानिय सरकारलाइ गुनासो गर्ने गरेका छन् , यो कार्यले धान खाने मुसा चोट पाउने भ्यागुता जस्तै स्थानीय सरकारलाई भएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले बताउनु भएको छ ।

जिल्ला स्थित कृयाशिल पत्रकारहरुका लागि पत्रकार आचारसंहिता तथा आचरण सम्वन्धी आयोजना गरेको ३ दिने तालिमको शनिवार समापन गर्नुहुदै नगरप्रमुख भामले प्रदेश र संघीय सरकारलाइ यस्तो आरोप लगाउनु भएको हो ।

छायानाथ रारा नगर पालिकामा रहेका संघीय सरकार मातहतका कर्णाली राजमार्ग अन्तरगत नाग्म – गमगढीको वुलवुले – गमगढी खण्ड,गमगढी – नाक्चे लाग्ना सडक,ताल्छ-रारा सडक र गमगढी-लामाचौर – रारा सडकहरुको सुधार तथा स्तरउन्नतीमा ध्यान नदिदा सवारि चालक तथा यात्रुले सास्ति भोग्दै आएका छन ।
संघीय मात्र होइन कर्णाली प्रदेश सरकारले पनि आफ्ना मातहतका सडक निमाण,सुधार र स्तरउन्नतीमा ध्यान दिएको छैन प्रदेश सरकार मातहतमा गमगढी – तारापानी सडक ,गमगढी -बाम- हुम्ला दार्म सडक,गमगढी-पिना – राताचौर सडक,बालै-मन्दु- जुम्ला सडक,अल्कासाघु- चराप-रोवा- सोभा सडक,लुम्स- सोवा सडक,झाडनाउला- मन्दु सडक,कोटिल्ला-लिउडी-घट्ट्लेख-घट्ट्लेख सडक रहेका छन ।

गमगढी बजारको आँखा अस्पताल देखि सामुदायिक भवनको मोडसम्म सडक बिभागले सडक समय मै नबनाउदा यो सडक सधै पानी परे हिलाम्य र घाम लागे धुलाम्य हुन्छ । सघिय सरकारबाट १० करोडमा ठेक्का लागेको २ वर्ष वितिसक्दा पनि अझै काम सम्पन्न गरिएको छैन गमगढी बजार प्रवेश यहि सडक पर्ने भएकोले विभिन्न काम विषेशले मुगु आउने व्यक्तिहरु तथा रारा ताल,चन्खेली हिमाल,दूध ताल,सातपोखरी ताल,छायानाथ धाम,रिणिमोक्क्ष धाम,थार्प मष्टो लगायत धार्मिक तथा प्राकृतिक पर्यटकिय क्षेत्र घुम्न आउने पर्यटकहरुले कस्तो नगरपालिका रहेका छ ? ,को मेयर रहेछ ? कामै गरेको रहेनछ भनेर गाली गर्ने गरेका छन नगरप्रमुख भन्नुहुन्छ जनताले यो सडक कस्को मातहतको कस्ले विकास गरेन हो त्यो बुझ्दैनन घर अगाडि भएका सडक स्थानिय सरकारले बनाउनु पर्छ भनेर गाली गर्छन ।

जनतालाइ हाम्रो मातहतको सडक होइन प्रदेश र संघिय सरकारलाइ गाली गर्नुस भनेर सम्झाउदा प्रदेश,संघीय हामी चिन्दैनौ नगरपालिकाले बनाउनु पछ भन्नूहुन्छ स्थानिय सरकासङ्ग सिमित बजेट हुन्छ त्यत्रा ठुला ठुला योजना हामी कसरी बनाउने ठुला बजेट हुने सरकारले चासो दिदैनन नगर प्रमुख भाम गुनासो गर्नु भयो ।
आफू पनि नगर्ने स्थानिय सरकारलाइ पर्याप्त बजेट पनि नदिने प्रदेश र संघीय सरकारको विकास नीति हलो अड्काउने गोरु चुटने जस्तो भएको पनि प्रमुख भाम बताउनु हुन्छ ।

केही सडक र पुलहरु नगरपालिकाको दवाव पछि बनाउन र सुधार गर्न प्रदेश र संघीय सरकारले काम शुरु गरेपनी त्यो झाडो टार्ने जस्तै गरि काम गरिरहेको पनि प्रमुख भामले बताउनु भयो ।
नगरपालिका मात्र होइन जिल्ला भरीका प्रदेश तथा संघीय सरकार मातहतका सडक नबनाउदा जनताले सास्ती भोग्दै आएका छन ।
२०७९ को बाढी पहिरोले नाम निसा नै नराख्ने गरि बगाएको रामतडी- झुगेला- कणाली करिडोरसम्मको सडक बनाउन कुनै सरकारले चासो नदिदा खत्याड तल्लो भेगका जनता गाउपालिका केन्द्र,सदरमुकाम गमगढी र सदरमुखकाम गमगढी र खत्याड माथिल्लो भेगका जनतालाई झुगेलासम्म आउजाउ गर्न कठिनाइ हुँदै आएको छ ।

यो सडक बनाउन प्रदेश र संघीय सरकारले चासो दिएका छैनन तर जनता गाली भने स्थानिय खत्याड गाउपालिकाको नेतृत्वलाइ गर्दै आएका छन ।
प्रदेश र संघीय सरकारले विकास गर्न नसक्ने भए जनताका नजिकका सरकार स्थानिय सरकारलाइ बजेट पठाओस हामी समय मै गुणस्तर र मापदण्ड भित्रका विकास गरेर देखाइ दिन्छौ । हामिलाइ कनिका छरे जस्तो गरेर बजेट पठाउने,ठूलो बजेट आफै राख्ने काम नगर्ने तर गाली हामिले खानु पर्ने अवस्था छ छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भाम भन्नुहुन्छ नगर भरि २०७९ को बाढिले पिना,चाट्टेबगर,घट्टेखोला,अल्कासाघु,बिराचौर,झुगेलामा रहेका काठेपुल र झुलुङ्गे पुल बगायो ।

पुल बगाएको २ वर्ष वित्नै लाग्दा पनि प्रदेश र संघीय सरकारले निर्माण तथा पुनर्निर्माणमा ध्यान नदिदा यी पुल तरेर आउत जावत गर्ने २ दर्जन बढि बस्तिका जनताहरुले सास्ती भोग्दै आएका छन । पटक पटक प्रदेश र संघीय सरकार मातहतका कार्यालयलाइ आग्रह गर्दा पनि सुनुवाइ भएको छैन ।
पत्रकारले स्थानिय सरकारका मात्र कमि कमजोरी देखाउने प्रदेश र संघीय सरकार बारे केही नबोल्ने नलेख्ने नगर्नुस मेरो सुझाव छ हाम्रा राम्रा नराम्रो दुबै कुरा बाहिर ल्याउनुस सङै प्रदेश र संघीय सरकारले बजेट छुटाएर काम नगरेका,ढिला शुरु गरेका,गर्नु पर्ने विकासमा बजेट योजना नछुटाएका,गरेका विकास योजना गुणस्तर र दिगा छन छैनन त्यो पनि समाचारको माध्यमबाट बाहिर ल्याउनुस । हामी त सानो बजेट भएका सरकार हौ अर्बौ खर्बौ बजेट चलाउने सरकार त माथी छन ।

उहाँ भन्नूहुन्छ गाउँ गाउँमा स्थानिय सरकारले गरेका पुर्वाधार,सिचाइ,खानेपानी,स्वास्थ्य,शिक्षा,सामाजिक विकासका गतिविधी देखिन्छन । जिल्लामा प्रदेशका कार्यालय छन तर विकासका काम समय मै शुरु गर्दैनन । संघिय सरकार मातहतका विकासे कार्यालय त झन २ दिन पैदल दुरि टाढा जुम्ला जिल्लामा छन आफै बुझ्नुस कति सेवा दिएका होलान विकास गरेका होलान ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button