मुगुको महिला, युवा र बालबालिकाले गर्दैछन् डिजिटल प्रविधीकाे दुरुपयोग ? यस्तो छ वास्तविकता

सर्जन कुमार शाही
मुगु बैशाख १० गते,
इन्टरनेटले मानिसहरुको काम कारवाहिलाइ जति सहज र सुलभ बनाएको छ त्यो सङै डिजिटल दुरुपयोगले जोखिम पनि त्यतिकै निम्ताएको छ ।

इन्टरनेटको सहि सदुपयोग नगरी व्यक्तिगत,सामुहिक स्वार्थका लागि दुरुपयोग गर्नाले यसको मारमा,युवा बालबालिका,विधाथी,महिला र ग्रामिण क्षेत्रका बासिन्दा पर्दै आएको बताइएको छ ।
टेवाको आथिक सहयोग र महिला अधिकार केन्द्रको साझेदारीमा सोमबार मुगु जिल्ला सदरमुकाम गमगढीमा आयोजित डिजिटल सुरक्षा सम्वन्धी चेतना मुलक कार्यक्रमको जानकारिको लागि सरोकारवाला निकाय र पत्रकारहरुसङ्गको बैठकमा सरोकारवालाहरुले यस्तो कुरा बताएका हुन ।

बैठकमा नेपाल कम्प्युटर महासङ्ग मुगुका अध्यक्ष नरेश शाहिले डिजिटलको प्रयोग को कति र कति प्रतिशतले गरिरहेका छन र डिजिटल प्रविधिको दुरुपयोगबाट मानिस कसरी प्रभावित भैरहेका छन,हामीले आफ्ना इन्टरनेटजन्य काम गर्दा कसरी डिजिटल सुरक्षा अपनाउने,डिजिटल दुरुपयोगको मारमा परे कानुनी उपचार र डिजिटल उपचार कसरी अपनाउन सकिन्छ भन्ने बारे सलाइट प्रस्तुत गर्नु भएको थियो ।

उहाले विश्वभरमा इण्टरनेटको प्रयोग ग्याजेटहरुमा गर्ने कति छन,डेस्टटपमा गर्ने कति छन,सामाजिक संजाल मध्य कुन कति जनाले प्रयोग गर्छन र उमेर समूह अनुसार कती जनाले प्रयोग गर्छन त्यो पनि सरोकारवालाहरुलाइ जानकारी गराउनुभएको थियो ।
पछिल्ला दिनहरुमा इण्टरनेटको दुरुपयोग गर्दै व्यक्तिगत लाभ लिन मान्छेलाइ झुक्याउने खालका सामाग्री पोष्ट गर्ने,बैकिङ्ग कारोवारोमा झुक्याइ बैक खाताबाट पैसा लिने,मान्छेलाइ प्रलोभनमा पारेर सामाजिक सन्जाल ह्यक गरिदिने,अश्लिन नग्न तस्विर राखिदिने,सामुहिक अपराधका योजना बनाउने,लगायतका अपराध गर्दै आएको र पिडितको न्यायका लागि नेपाल प्रहरिको साइवर व्युरोले विधुतिय कारोवारो ऎन ४७ अनुसार साइवर अपराध सम्वन्धी अनुसन्धान र कारवाहीको काम गरिरहेको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले बैठकमा बताउनु भयो ।

आजको युगमा प्रविधिले विकासका विभिन्न क्षेत्रलाइ जति सहज,छिटो बनाएको छ दुरुपयोगबाट धेरै जनालाइ पिडित पनि बनाएको छ । बालबालिका,विधाथी,महिला र ग्रामिण क्षेत्रका बासिन्दा बढी प्रभावित बन्दै गएका छन । डिजिटल लत र अपराधबाट नागरिकलाइ बचाउन तिनै तहका सरकारले जनचेतना मुलक कार्यक्रममा जोड दिनु पर्ने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसिले सुझाव दिनुभयो ।

गाउँ घरमा पहिलो चोटि ईन्टरनेटको सुविधा पुग्दा बालबालिका,महिला तथा युवाहरु मोवाइलको लतमा पर्ने र प्रविधी अपराधिहरुले विभिन्न प्रलोभनमा पार्ने खालका सामाग्रीहरु सोसल मिडियामा राख्दा प्रयोगकर्ताहरु झुक्किएर अवसरको खोजी,रमाइलो लिन र शिक्षा आर्जन गर्ने लोभमा परि आफ्ना व्यक्तिगत सुचनाहरु छोड्दा साइवर अपराधिबाट सिकार हुँदै आएकोले प्रविधी सुरक्षा बारेका जानकारी मुलक कार्यक्रमहरु आगामी नगरपालिकाको नगरसभाबाट पारित गरेर कार्यान्वयनमा ल्याउने छायानाथ रारा नगरपालिका नगरप्रमुख विष्णु कुमार भामले आफ्नो पालिकाको योजना सुनाउनु भयो ।

टेवाले मुगु जिल्लामा महिला अधिकार केन्द्रसङ्गको साझेदारीमा लामो समय देखि शिक्षा,स्वास्थ्य,राहत,महिला शसक्तिकरण ,जनचेतनामुलक कार्यक्रम र जिविकोपार्जनका कार्य गर्दै आएको छ ।
मुगु जिल्लामा टेवाले गत वर्षबाट डिजिटल सुरक्षा सम्वन्धी कार्यक्रम सन्चालन गरिरहेको छ ।

गत वर्ष ९-१० र ११- १२ कक्षामा अध्य्यनरत विधाथिलाइ लक्षित गरि ४ वटा माध्यामिक विधालयहरुमा सचालन गरेको र चालू यो वर्षमा कक्षा देखि स्नातकसम्मका विधाथीलाई समेत समेट्दै रारा क्याम्पस र मुर्मा माध्यामिक विधालय छायानाथ रारा नगरपालिका,जनज्योति माध्यामिक विधालय थुपी सोरु गाउपालिका र वुद्ध माध्यामिक विधालय मुगुम कार्मारोङ्ग गाउपालिकामा कार्यक्रम लागू गरिएको महिला अधिकार केन्द्र मुगुकि अध्यक्ष सुकमाया शाहिले जानकारी गराउनु भयो ।

समन्वय बैठक जिल्ला समन्वय समिती मुगुका कार्यवाहक समन्वय प्रमुख नैली कार्कीको प्रमुख आथित्यता भएको थियो भने बैठकमा नेपाल पत्रकार महासङ्ग मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल,गैर सरकारी सस्था महासङ्ग मुगुका अध्यक्ष कर्णजङ शाही पनि अथितिको सहभागि हुनु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button