पुनर्निर्माण सुरु भएको १६ वर्षसम्म पनि बनेन् मंगलसैन दरवार

सशस्त्र द्वन्द्वको क्रममा बिद्रोही पक्षको आक्रमणबाट ध्वस्त भएको अछामको मंगलसैन दरवार अझै पुनर्निर्माण हुन सकेको छैन ।

२०५८ फागुन ४ गते तत्कालीन नेकपा (माओवादी) को अछाम जिल्ला सदरमुकाम आक्रमणका क्रममा ध्वस्त भएको ऐतिहासिक मंगलसेन दरबार पुनर्निर्माणको कार्य ठेक्का सम्झौता भएको १५ वर्ष वितिसक्दा समेत पूरा भएको छैन ।

सम्झौता भएको दुई वर्षभित्रै काम सम्पन्न गर्ने भनी २०६५ साल असार २४ गते राजेन्द्र, साउँद, तुल्छीदुर्गा, बडीमालिका र कुवेर गरी पाँच निर्माण कम्पनीले दुई करोड २५ लाख रुपैयाँमा दरबार निर्माणको ठेक्का लिएका थिए ।

काम गर्ने क्रममा निर्माण व्यवसायीहरुबीच कुरा नमिलेपछि राजेन्द्र र साउँद निर्माणले उक्त ठेक्काको काम गरिरहेका छन् । तर पनि उक्त पुनर्निर्माण कार्य अझै पूरा हुन् सकेको छैन।

निर्माण व्यवसायी कम्पनीको लापरवाहीका कारण दरवारको पुनर्निर्माणमा ढिलाई भइरहेको बताउँछन् मंगलसैन नगरपालिकाका प्रमुख पदमवहादुर बोहरा । ‘‘दरवारको पुनर्निर्माण कार्य छिटो हुनु पर्ने माग राख्दै म आफैँ पटक पटक काठमाण्डौं पुगेँ, संघीय सरकारलाई ज्ञापन पत्र समेत बुझायौं’ नगर प्रमुख बोहरा भन्छन् ‘तर जति गरेपनि कुनै काम अगाडि बढदैन ।’

३ वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको तर १६ वर्ष बितिसक्दा समेत निर्माण सम्पन्न नहुनु लाजमर्दो कुरा भएको बोहराले बताए ।
निर्माण कम्पनीले काठ नपाएको बहाना बनाएर काममा ढिलाई गरेका छन् । निर्माण व्यवसायीलाई कारवाही गर्ने अधिकार आफूँ नभएको बताउँदै बोहराले भने ‘सम्बन्धित निकायले भौतिक निर्माणमा ढिलाई गर्ने निर्माण व्यवसायीलाई कारवाही गर्नुपर्ने हो ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button