तस्करद्वारा सशस्त्र प्रहरीका जवानमाथि ढुङ्गा प्रहार

मोरङको रतुवामाई नगरपालिका-१ सोनापुर स्थित नेपील-भारत सिमा क्षेत्रका नाकामा प्रस्तावित सिमाना सुरक्षा गुल्म बरडंगाबाट खटिएका सशस्त्र प्रहरी हवल्दार युबराज तामाङ्ग माथी तस्करले ढुंगा प्रहार हुदा प्रहरी हवलदार घाइते भएका छन ।
आज बिहान ५ बजे ४ जनाको सुरक्षा गस्ति टोलीलाई पोष्ट भन्दा ७ सय मिटर पूर्वमा रहेको सहायक सिमा स्तम्भ नं. १५७/१ नजिक भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको २ वटा साईकलमा नेपालतर्फ ल्याउदै गरेको धान नियन्त्रण लिन खोज्दा तस्कर र प्रहरी बिच ववाद भएको थियो ।