मुख्यमन्त्री जम्कट्टेल प्रेसर लाे, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

एउटा कार्यक्रमका लागि रामेछाप जाँदै गर्दा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । मन्थली नगरपालिका-३ स्थित लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्न जाँदै गरेका बेला मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएका हुन् ।
रामेछाप २(१) का सांसद युवराज चौलागाईंले स्थानीय चिकित्सकलाई उद्धृत गर्दै मुख्यमन्त्री जम्कट्टेलको ‘प्रेसर लो’ र शरीरमा अक्सिजन लेभल कम देखिएको बताएका छन् ।
सुनकोशी गाउँपालिकाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि मुख्यमन्त्री जम्कट्टेललाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै छ ।