काठमाडौं- बस बाट खस्दा ४ बर्षे बालिकाको मृत्यु

बसबाट खसेर एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार महांकाल गाउँपालिका-६ ठूलादुर्लुङकी चार वर्षीया आर्या सन्जेलको बसबाट खसेर ज्यान गएको हो ।

गोदावरी नगरपालिका-१० टाखेलमा बा ४ ख ७०४ नम्बरको यात्रुवाहक बस रोक्ने क्रममा सन्जेल खसेकी थिइन् ।

दुर्घटनापछि गम्भीर घाइते सन्जेलको उपचारको लागि बिएण्डबी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button