मुम्बईमा होर्डिङ बोर्ड खस्दा १४ को मृत्यु, ७० घाइते

मुम्बईको घाटकोपरमा सोमबार होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा ७० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार दिउँसो घाटकोपरको समता कोलोनीनजिकै रेलवे पेट्रोल पम्पसँगै लगाइएको विशाल होर्डिङ बोर्ड हावाहुरीसँगै ढलेको हो । होर्डिङ बोर्ड ७० बाई ५० मिटरको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वर्षा र हावाहुरीका कारण पेट्रोल पम्पमा धेरै जना ओत लागेका बेला होर्डिङ बोर्ड खसेको प्रत्यक्षदर्शीको भनाइ छ ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले उद्धार कार्यमा तीव्रता दिएको बताएका छन् । साथै मृतकका परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ र घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था मिलाइनेसमेत उनले बताएका छन् ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button