एम्बुलेन्सको ठक्कर, बुटवलमा १ काे मृत्यु, २ घाइते

एम्बुलेन्सको ठक्करबाट बुटवलनजिकै बेलबासमा आइतबार बिहान एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर गइरहेको लु १ ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल उपमहानगरपालिका–१३ झोलुंगे पुलनजिकै तीन जनालाई ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ठक्करबाट बुटवल उपमहानगरपालिका–११ बेलबासकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो । घटनामा बुटवल–११ कै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठडराई घाइते भएका छन् । मर्निङ वाकमा हिँडेका उनीहरूलाई बाटो क्रस गर्ने क्रममा एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते दुई जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

स्थानीयले घाइतेहरूको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएका थिए । उपचारकै क्रममा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । एम्बुलेन्स र चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका–७का नारायणबहादुर गब्तार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button