रारा घुम्नेहरु बढ्दै

सर्जन कुमार शाही
मुगु ७ जेठ
नेपाल कै उत्कृष्ट तथा कर्णाली प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य रारा घुम्न १० महिना साडे दश हजार पर्यटक पुगेका छन  ।
गत साउन १ गतेदेखि बैशाख  मसान्तसम्ममा आन्तरिक पर्यटक १०  हजार तीन सय ४१ जना, सार्क मुलुकबाट   ४३ र अन्य बिदेशी मुलुकबाट  एक सय ९५ जना गरी १० हजार  पाँच सय ७९ जना पर्यटकले रारा भ्रमण गरेका हुन ।

रारा राष्ट्रिय निकुञ्जको कार्यालय हुटु मुगुका सूचना अधिकारी  जयहरी धितालका अनुसार चालु आर्थिक बर्षको १० महिनामै  दश हजार ५ सय  ७९ जना पर्यटकले रारा भ्रमण गर्न आउनु  सुखद र खुशीको कुरा हो ।
दसैं-तिहार बिदामा रारामा आन्तरिक पर्यटक रारा घुम्न आएका उनको भनाइ छ । यस बर्षको सबैभन्दा धेरै कार्तिक महिनामा तीन हजार ४ सय ९२ जना पर्यटक रारा घुम्न आएका थिए । भने सबैभन्दा कम साउन महिनामा एक सय २६ जना रारा पुगेका थिए ।

यो चालु आवको बैशाख मसान्तसम्म  रारा घुम्न आउने पर्यटकबाट उठाइएको प्रवेश शुल्क, डुङ्गा चडेको र अन्य शुल्क गरि निकुन्जले  तीस लाख ६३ हजार ७९१ राजस्व असुल गरेको पनि रारा राष्ट्रिय निकुन्जका सूचना अधिकारी धितालको भनाइ रहेको छ । जम्मा राजश्व मध्य  २५ लाख ३० हजार पर्यापर्यटकबाट र बाकी राजस्व  ५ लाख ३३ हजार ७८१ दण्ड, जरिवाना, काठ दाउरा, लगायतबाट उठेको उनले बताए ।
गत आब भरिमा ११ हजार एक सय ९१ स्वदेशी  पर्यटकले रारा भ्रमण गरेका थिए  भने सार्क मुलुकबाट २६ जना र अन्य विदेशी एक सय ८३ पर्यटक रारा घुम्न आएका थिए ।

रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रति व्यक्ति एक सय, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र सार्क मुलुक बाहिरका पर्यटकबाट प्रति व्यक्ति तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।
डुङ्गा चडेको प्रती ब्यक्ति पाँच सयका दरले उठाउने गरिएकोमा २० प्रतिशत निकुञ्जको कार्यालयमा, बाकी ८० प्रतिशतमा ४० प्रतिशत डुङ्गा चालक र ४० प्रतिशत समितिमा राख्ने गरिएको छ ।
हवाई मार्गबाट लगभग  ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत पर्यटक रारा घुम्न आउने गरेका छन ।
सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा   वृद्धि  हुन नसकेको ब्यवसायीको गुनासो छ ।
अर्को तिर रारा क्षेत्रमा पर्यटकलाई बास बस्ने सुविधायुक्त होटल र मनोरञ्जनका साधन समेत छैनन ।

भरपर्दो सडक, सुविधा सम्पन्न होटल, नहुँदा पर्यटकले बाटोमा सास्ती खेप्नु परेको गुनासो सधै जदो गर्दैआएका छन ।
कोरोना महामारीका कारण चार वर्षसम्म  थला परेको परेको पर्यटकीय क्षेत्र रारामा यो  बर्षको दस महिनामै राम्रै संख्यामा पर्यटक आएका छ्न । थप दुई महिनामा पर्यटकको संख्या वृद्धि हुनसक्ने निकुञ्जले अनुमान गरेको छ ।
रारा घुम्न आउने पर्यटककालागी यो मौसम एकदमै उपयुक्त मानिने र  जेठ देखी असोज सम्म्म हरियाली हुने विभिन्न प्रजातिका फुलहरु फुल्ने राराको सुन्दरतामा झनै रमणीय हुने गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button