मुगुमै पहिलो पटक विद्यालयमा विज्ञान तथा शैक्षिक सामग्री प्रदर्शनी

सर्जन कुमार शाही
मुगु । मुगु जिल्लाको खत्याड गाउँपालिकाको श्री कालिका मावि बुगामा पहिलो पटक विद्यालयमा विज्ञान तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम गरिएको छ । आइतबार खत्याड गाउँपालिका वडा नं ३ स्थित श्री कालिका मावि बुगाले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यार्थिको अन्तरनिहित प्रतिभालाई ब्यवारिक तथा जिवनोपयोगी सिप बिकासमा सहयोग पुर्याउन का लागि यो विज्ञान तथा शैक्षिक सामग्री प्रदशनी गरियको र दुर्गमका सामुदायिक विद्यालयका विद्यार्थिहरुमा पनि प्रतिभा र क्षमता हुन्छ अबसर र साधन स्रोत भयमा नयाँ नयाँ विज्ञान प्रविधिका आविस्कारका काम पनि गर्न सक्छन भन्ने सन्देश दिन खोजेको श्री कालिका मावि बुगाका प्रधानध्यापक जेट बहादुर शाहीले बताए। जसमा खत्याड गाउँपालिकाका १६ विद्यालयका करिब २० वटा स्टल राखियका थिय।

विद्यालय तहदेखि विज्ञानका सामग्री निर्माणले भविष्यमा वैज्ञानिक बन्ने आधार तय गर्ने परम्परागत रूपमा चल्दै आएका सामग्री आधुनिकतासँगै हराउँदै आएको छ । परम्परादेखि प्रयोगमा आएका सामग्री विज्ञानकै नमुना हुन् । देशलाई विकास गर्न वैज्ञानिक आविष्कारमै ध्यान दिनुपर्नेमा अवलोकनकर्ताहरूले जोड दिएका छन् । विद्यालय तहका विज्ञानमा पठाइ हुने भौतिकशास्त्र, मेकानिकल, जीव विज्ञानसँग सम्बन्धित स्काभेटर, हेलिकप्टेर,प्लेन,टिपर,पोलि हाउस, रोवर्ड, रोवर्ड बाट बल खेल्ने, एकिकृत खेति प्रणाली लगायतका सामग्री विद्यार्थीले प्रदर्शनीमा राखेका थिए ।

विगतमा विज्ञान विषय पास गर्नका लागि पढ्ने र पढाउने गरिन्थ्यो । विगतमा पास मात्र गराउने गरी विज्ञान पढाइ हुँदा देशमा दक्ष जनशक्ति उत्पादन हुन सकेनन् । देशमा आवश्यक वस्तु विदेशीकै भर पर्नुपर्ने स्थिति आएकाले अब विज्ञान विषयलाई प्रतिस्पर्धी बनाउनुपर्ने खत्याड गाउँपालिकाका अध्यक्ष अज बहादुर शाहीले बताए।

उक्त कार्यक्रममा खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाही, उपाध्यक्ष सरिता रोकाया, वडा अध्यक्ष र विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरू लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिले सहभागिता जनाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button