सीता एअरले ठक्कर दिँदा घाइते धिरेन्द्रकाे अवस्था अपडेट

सर्जन कुमार शाही
मुगु जेठ ११ गते,
मुगु स्थित रारा विमानस्थलमा विहिवार जहाजको पन्खाले छुदा घाइते भएका सीता एअरका मुगु स्टेशन प्रमुख धीरेन्द्र भामको काठमाडौँ ग्वार्खो स्थित वि एण्ड वि हस्पिटलमा उपचार भैरहेको छ ।
घाइते भएपछि अचेत अवस्थामा रहेका भामलाई सोही एयरको विमान मार्फत उपचारका लागि नेपालगन्ज लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ लगिएको हो ।
जिल्ला प्रहरीका कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार विहान १२:३० बजेतिर रारा विमान स्थलबाट नेपालगन्जका लागि उड्ने तयारिमा रहेको सीता एयरको टुइनेटर जहाजको दाया पट्टिको पङ्खाले भामलाई छोएको थियो ।
भामले जहाजका चालकलाई जहाज उडान गर्न सङ्केत गरिरहेका थिए । जहाजको इन्जिन स्टाट भैरहेका बेला चालकले बोलाएपछि भाम जहाजको चालक कक्ष तर्फ गइ चालकसङ्ग कुराकानी गरि फर्कदै गर्दा जहाजको घुम्नै शुरु गरेको पङ्खाको छेउले छुदा उनी घाइते भएका थिए ।
घाइते भामको पाखुरा,हत्केला, औलामा पन्खाको छेउले काटेको र नेपालगन्ज नर्सिङ्ग कलेजले रिफर गरेपछी काठमाडौ ल्याइ उपचार भैरहेको,अहिले उनी खतरा मुक्त रहेको भनि चिकित्सकहरुले बताएको भामका साला प्रेमराज कार्किले टेलिफोन कुराकानीमा बताउनु भयो ।