आजकै दिन चन्द्रमामा मानिस पठाउन अमेरिकी राष्ट्रपति जोनले घाेषणा गरे

सन् १९६१ मा आजकै दिन (मे २५) मा अमेरिकाले चन्द्रमामा मानिस पठाउने घोषणा गरेको थियो । अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले एक दशकभित्र चन्द्रमामा मानिस पठाउने घोषणा गरेका थिए । केनेडीले त्यसका लागि आवश्यक ५ सय ३१ मिलियन अमेरिकी डलरको बजेट पारित गर्न संसद्समक्ष प्रस्ताव गरेका थिए ।
केनेडीले घोषणा गरेको आठ वर्षपछि १९६९ जुलाई २१ मा अमेरिकाले चन्द्रमामा मानिस पठाएको थियो । अपोलो–११ यानमार्फत नील आर्मस्ट्रङ पहिलो पटक चन्द्रमामा पुगेका थिए । यानमा आर्मस्ट्रङसँग एड्विन बज अल्ड्रिन पनि रहेका थिए । चन्द्रमामा पुग्नुअघि आर्मस्ट्रङ अन्तरिक्ष प्रविधि परीक्षणबारेको १९६२ को गेमिनी मिसन र १९६६ को गेमिनी–८ मिसनमा समेत सहभागी भएका थिए ।
१९१७ को मे २९ मा जन्मिएका केनेडी अमेरिकाको ३५ औं राष्ट्रपति हुन् । उनी १९६१ जनवरी २० मा राष्ट्रपतिमा निर्वाचित भएका थिए । १९६३ नोभेम्बर २२ मा हत्या भएका कारण केनेडीले आफूले गरेको घोषणाको सफलता भने देख्न पाएनन् ।