पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-२ मा नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार गैँडाकोट-२ कन्टिनेन्टल बोर्डिङ स्कुल नजिक नारायणी नदी किनारमा गएराति अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।
मृतकको पहिचान हुन सकेको छैन । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।