मुग्लिन सडक खण्डमा ढुंगा खस्दा एक्स्काभेटर चालकको मृत्यु

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीननम्बर पुलमा ढुंगा खस्दा एक्स्काभेटर चालकको मृत्यु भएको छ ।

सडक विस्तारका लागि भित्तो काट्ने काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा बा२क ८६५१ नम्बरको एक्स्काभेटर चालक बर्दिया गेरुवा गाउँपालिका–४ स्थायी घर भएका अन्दाजी ३८ वर्षीय मङ्गल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहान पुल निर्माण गर्न भित्तो काट्ने क्रममा माथिबाट पहिरो खस्दा एक्स्काभेटरसहित चौधरी पुरिएका थिए । चालकको उद्धार गरी उपचारका लागि पुरानो मेडिकल कलेज लगिएकामा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

‘पहिरोमा परी स्काभेटर पूर्णरुपमा क्षति भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख १५११ नं ट्रकमा समेत क्षति पुगेको छ,’ प्रनाउ रिजालले भने । अहिले सवारी आवागमन नरोकिएको भन्दै पहिरो पन्छ्याउने कार्य जारी रहेको उनले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button