स्वीमिङ्ग पुलमा पौडि खेल्ने क्रममा १६ बर्षे अरविन्दकाे मृत्यु (भिडियो सहित)

हरि बिक। बर्दिया- रिसोर्टको स्वीमिङ्ग पुलमा पौडि खेल्ने क्रममा डुवेर एक बालकको मृत्यु भएको छ ।

गुलरिया नगरपालिका वडा नं. ९ मथुरा गाउँका १६ वर्षिय अरविन्द यादवको बुधबार विहान ११ः४५ बजे डुवेर मृत्यु भएको हो । उनी अन्य चार जना साथीहरुसँगै गर्मी छल्न र रमाइलो गर्न रिसोर्टतर्फ गएका थिए ।

रिसोर्टका कर्मचारी शव्वु मनिहारले दिएको जानकारी अनुसार गहिरो भागमा गएपछि चार जना डुव्न थालेका थिए । त्यहाँ रहेका सेक्यूरेटी गार्डले सो देखेपछि तीन जनालाई उद्धार गर्न सफल भएका थिए भने अरविन्दको डुवेर मृत्यु भएको हाे ।

पानी धमिलो भएका कारण अरविन्द नदेखिएपछि डुवेको झण्डै २० मिनेटपछि मात्र उनलाई पानीबाट निकाल्न सफल भएका थिए । उनलाई तुरुन्तै जिल्ला अस्पतालमा पु¥याइए पनि डाक्टरहरले उनलाई मृत घोषणा गरेका थिए । उनको १२ वर्षअघि बुवा गुमाएका अरविन्द निकै विपन्न परिवारका थिए ।

आमालाई साथ दिदै घरधन्दामा हात बढाएका उनी आज अस्थाएपछि उनकी आमा लक्ष्मी यादव निकै विलौना गरिरहेकी छन् । रिसोर्टको लापरवाहीका कारण यस्तो अप्रियय घट्ना घटेको भन्दै आफन्तजनहरुले कारवाहीको माग गरेका छन् । साे घटना लगत्तै प्रहरीले रिसोर्ट सँचालकलाई नियन्त्रणमा लिइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button