काभ्रेमा ४ जना घाइते हुने गरि जीपकाे ब्रेक फेल

काभ्रेको रोशी गाउँपालिका १० डाँडागाउँमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
बनेपाबाट महाभारत गाउँपालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ०७७९ नम्बरको बोलेरो जिप ब्रेक फेल भई सडक छेउमा पल्टिँदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा घाइते हुनेहरुमा महाभारत गाउँपालिका ७ बन्खुका २९ वर्षीय सबिन ग्लान, ५५ वर्षीय दुर्गाबहादुर पाख्रिन, १७ वर्षीय सोनाम मोक्तान र जोमामाया पाख्रिन रहेका छन् ।
उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।