राप्ती इसाई समाज र एएफसी युथ द्वारा अग्नि पिडितलाई सहयाेग

बाँके/प्रकाश बि.क, राप्तीसोनारी गाउँपालिका वडा नं १ , भुम्का गाउँमा सोमबार दिउँसो करिब चार बजे तिर आगो लाग्दा चार वटा घर जलेर पुर्ण रुपमा नष्ट भएको थियो ।

नजिकैको बनमा लागेकाे आगो हावाहुरीकाे कारण आगाेकाे झिल्ली गाउँमा आइपुग्दा चार घर जलेर सखाफ भएकाे हाे ।

प्राय मानिसहरु घरबाट टाढा आआफ्नो काममा व्यस्त हुँदा आगाे निभाउन ढिलाे भएकोले घर भित्रकाे अन्न लगाएत महत्त्वपूर्ण सरसामान बचाउन नसकेको पिडित परिवार बताउँछन् ।

उक्त आगाे स्थानीयको सहयोगमा नेपाल आर्मी, सशस्त्र प्रहरी, र प्रहरी जवानले नियन्त्रण गरिएको थियोे ।
आगलागि पिडितहरुकाे गाउँमा स्थलगत रिपोर्टिङमा जाँदाकाे दिन सम्म उनिहरुले कुनै राहत पाएका थिएनन्  ।

उक्त दु:खद खबर पाएपछि राप्ती गॅाऊपालिका वडा नं. १ का वडा अध्यक्ष यम बहादुर खड्काकाे रोबहरमा स्थानीय राप्ती इसाई समाज र एफसी युथ सेवकाई मिलेर केही राहत सामग्री पाएकाे उनिहरुकाे भनाइ छ ।

साे गाउँ राप्तीसोनारी गाउँपालिकाकै एक विकट गाउँ पनि हो ।साे स्थानका गाउँलेहरु अहिले पनि बाटो , पुल, कुलेसा , शिक्षा, स्वास्थ्य खानेपानी यातायात लगाएतकाे आधारभुत सेवा देखि वञ्चित यो भुमका गाउँ हो।

फाेटाेफिचर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button