नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस त्रिशूली मा खस्दा १२ घाइते

पृथ्वी राजमार्गअन्तर्गत चितवन इच्छाकामना गाउँपालिका-३ फिस्लिङमा शुक्रबार बिहान भएको दुर्घटनामा  १२ जना  घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ४०६२ नम्बरको बस सडकबाट तल त्रिशूली नदी नजिकै पुगेको छ ।

त्यसैगरी बससँग ठोक्किएर कठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०१-०२९ च ३७२० नम्बरको कारका चालकसहित तीन जना घाइते भएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी श्रीराम भण्डारीका अनुसार बिहान सात बजेर २५ मिनेट जाँदा उक्त घटना भएको थियो ।

बस सडकबाट अन्दाजी ४०/५० फिट त्रिशूली किनारमा पुगेको छ । बसमा ३५ जना र कारमा ५ जना यात्रु रहेको डीएसपी भण्डारीले बताए । तीमध्ये घाइते १२ जनालाई उद्धार गरी उपचारका लागि भरतपुर ल्याएको डीएसपी भण्डारीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button