कावासाेतीमा ढल खन्ने क्रममा ३ महिला मजदुरको मृत्युपछि

पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीको फलफूल चोकमा ढल  निर्माणका क्रममा बिहीबार ३ महिला मजदुरको मृत्यु भएपछि नगरपालिकाले आज बिदा दिने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको नगरपालिकाको बैठकले तीन कामदारको मृत्यु भएका कारण शोक मनाउन बिदा दिने निर्णय गरेको हो । बिहीबार नाला निर्माणमा खटिएका कावासोतीका ५१ वर्षीया सेती राना, २६ वर्षकी तानमया मस्रांगी,३२ वर्षीया चमेली सिंजालीको मृत्यु भएको हो ।

नगरपालिकाको लापरबाहीका कारण कारण ती महिलाहरूको मृत्यु भएको भन्दै स्थानीयले छानबिन समिति बनाउनु पर्ने र दोषीलाई कारबाहीको माग गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button