मुगुमा नगरपालिका नतातेपछि निजी विद्यालयले उठायाे फाेहरकाे ढङ्गुर

सर्जन कुमार शाही
२०८१ जेष्ठ ३१ गते
मुगु , मुगु जिल्लाको सदरमुकाम बजारमा पर्ने एक मात्र नगरपालिका छाँयानाथ रारा नगरपालिका – १ र २ मा अवस्थित बजार छिर्ने मुल सडकको तल माथी र डाँडोमा बर्सौदेखि थुप्रीएर रहेको फोहोर सामुदायिक सरसफाइको अवसर पारेर रारा डाइनामिक बोर्डिङ इङ्लिस स्कुलले ३ घण्टा समय लगाएर लगभग १ टन भन्दा बढी फोफोर संकलन गरि नगरपालिकाको जिम्मामा दिएको छ तर बाटोमा थुपारेको फोहोर भने अहिलेसम्म नगरपालिकाले उठाउन सकेको छैन ।

प्रत्येक महिनाको अन्तिम दिन सामुदायिक सरसफाइको कार्यक्रम रारा बोर्डिङको वार्षिक क्यालेन्डरमा नै समावेश गरेको छ उक्त क्यालेन्डर अनुसार सामुदायिक सरसफाइ शिक्षक , शिक्षिका र बिद्यार्थी मिलेर आफुहरुले कार्य गर्ने बोर्डिङ स्कुलका लेखापाल विष्णु खडकाले बताए ।

बर्सौ देखि बजारको मुल बाटोमा रहेको फ़ोहोरका थुप्राहरु आज ३ कक्षा देखि १० कक्षा सम्मका १५० भन्दा बढी बिद्यार्थीहरु १७ जना शिक्षक शिक्षिका र कार्यलय सहयोगीको सहभागीतामा सदरमुकाम गमगढी बजारको सुन्दरता बिगार्ने फोहोरलाई उठाउने कार्य भएको र आउदा दिनमा सामुदायिक सरसफाइलाई निरन्तरता दिदै चेतना मुलक कार्यक्रम गर्नुका साथै बजार भित्रीने बाटोमा फोहोर नफाल्नको लागि रारा बोर्डिङले सूचना बोर्ड पनि राख्ने रारा बोर्डिङका प्रीन्सिपल सागर मल्लले बताए ।

समुदायदेखि सहभागी राजु मल्लले भने ‘नगरपालिकाकाले १०/१२ जना मानिसलाई रोजगार मात्र दिएको छ कहिले पनि ठिक ठाँउमा फोहोर व्यवस्थापन गरेको देखिदैन बजारका मानिसहरू जहाँ नीर पनि फोहोर लिएर थुपार्छन् । आज रारा बोर्डिङले गरेको फोहोर उठाउने नगरपालिकाको जिम्मेवार भित्र पर्ने कामलाई रारा बोर्डिङले गरेको छ यो काम धेरै नै आवस्यक थियो अब नगरपालिका र यहाँ फोहोर लिएर फाल्ने मानिसहरू बिशेष गरि संबेदनशिल हुनु पर्ने बताए ।

शुक्रबार  बिहान १० बजे नै संकलन गरेर नगरपालिकाको जिम्मा दिएको फोहोर अहिले सम्म नगरपालिकाले उठाउ सकेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button