पहिरोले ताप्लेजुङको पापुङमा तीन परिवार विस्थापित गरायो

मनसुनसँगै सुरु भएको वर्षाले जिल्लामा मानवीय तथा भौतिक क्षति गर्नेक्रम रोकिएको छैन । शनिबार बिहान गएको पहिरोले मिक्वाखोला गाउँपालिका-५ पापुङमा तीन परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ताङ्खु बस्ने आइतविर लिम्बु, छिमेकी मनकुमार लिम्वु र मोहन लिम्वुको परिवार विस्थापित भएका हुन् ।

ताङ्खुको आमछाङ खोल्सामा छ/सात सय मिटर माथिबाट बाढीसँगै आएको पहिरोले तीन परिवारका १९ जना विस्थापित गराएको प्रहरी नायव उपरीक्षक रवी रावलले जानकारी दिएका छन् । उनीहरुलाई खड्गबहादुर लिम्वुको घरमा राखिएको छ ।

पहिरोले कुखुरा लगायतका पशु चौपायमा क्षति पुर्‍याएको तोक्पेगोला प्रहरी चौकीले जनाएको छ । प्रहरी र स्थानीयले विस्थापितहरुको ब्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button