हिजाे संसद विघटन पश्चात ७ जना मन्त्रीहरुले राजीनामा दिए।

कर्णाली 24, मंसिर ६ गते,
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको वर्तमान संसद विघटन प्रस्ताव सम्बन्धी राष्ट्रपति विद्या भण्डारी द्वारा अनुमोदन पश्चात सात जना मन्त्रीद्वारा मंसिर ५ गते, राजीनामा दिएका छन् । राजिनामा दिने मन्त्रीहरुमा।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्त, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राम यादव र खानेपानी तथा सरसफाई मंत्री बिना मगर रहेका छन्।